दिए ७ दलीय गठबन्धनका सांसदले सडकमा धर्ना
मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्ति विवाद चर्कंदै जाँदा सात दलीय गठबन्धनका सांसद आइतबार पनि धर्ना बसेका छन् ।
नेपाली काँग्रेससहित सात दलका सांसदहरू मधेश प्रदेश सभा भवन अगाडि बाटो छेकेर धर्नामा बसेका हुन् ।
सभामुख रामचन्द्र मण्डलमाथि कारबाहीको माग गर्दै उनीहरूले शनिबार प्रदेश सभा परिसरको चौरमा प्रदेश सभा बैठक चलाएका थिए।
गत २४ कात्तिकमा तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले ठूलो दलको हैसियतमा नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेर होटेलमा शपथ खुवाएपछि सात दल निरन्तर विरोधमा छन्।
मुख्यमन्त्री नियुक्ति खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दिएका उनीहरूले मधेशका सभामुख रामचन्द्र मण्डलविरुद्ध पनि महाअभियोग दर्ता गराएका छन् ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्