Techie IT
मंगलबार, कात्तिक २६,२०८२

एमाले तारकेश्वरले प्रतिगामी षडयन्त्रविरुद्ध भोली बिहान ७ बजे लामबगरबाट जनप्रदर्शन गर्ने


प्रतिगामी षडयन्त्रविरुद्ध आज देशभर एमालेको जनप्रदर्शन, तारकेश्वरमा बिहान ७ बजेबाट र्‍याली सुरु

काठमाडौं ।नेकपा (एमाले)ले  कार्तिक २५ गते देशव्यापी जनप्रदर्शन गर्दैछ। पार्टीले “प्रतिगामी षड्यन्त्रविरुद्ध जनप्रदर्शन” शीर्षकमा देशभरका सबै पालिकामा प्रदर्शन आयोजना गर्ने भएको छ ।

एमाले सचिवालयको निर्णय अनुसार जनप्रदर्शनको उद्देश्य संविधान र लोकतन्त्रको रक्षा गर्दै विघटित प्रतिनिधिसभा पुनर्स्थापना गर्नुपर्ने माग अघि सार्नु रहेको छ। महासचिव शंकर पोखरेलले सबै तहका संगठन र जनसंगठनलाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन्।

 प्रदर्शनका क्रममा प्रयोग गर्नुपर्ने केही नारा पनि सार्वजनिक गरेका छन्, जसमा —

  • “प्रतिगामी षड्यन्त्र मुर्दावाद!”

  • “विघटित प्रतिनिधिसभा पुनर्स्थापना गर!”

  • “२३ र २४ को अपराधिक घटनाको निष्पक्ष छानबिन गर!”

  • “तोडफोड, लुटपाट, आगजनीमा संलग्न अपराधीलाई कारबाही गर!”

  • “हत्या, हिंसा, आतंक बन्द गर!”

  • “नेकपा (एमाले) जिन्दाबाद!”

  • “जनताको बहुदलीय जनवाद जिन्दाबाद!” — समावेश छन्।

प्रदर्शनपछि छोटो कोणसभा गर्ने र त्यसका तस्बिर–भिडियो सामाजिक सञ्जालमा साझा गर्न महासचिव पोखरेलले आग्रह गरेका छन्।

यसैक्रममा, तारकेश्वर नगर कमिटीले पनि आज बिहान ७ बजे जरंखुबाट र्‍याली सुरु गर्ने जनाएको छ। नगर अध्यक्ष बासु गौतमका अनुसार कार्यक्रममा पार्टीका सम्पूर्ण संगठन, विभिन्न तहका नेता–कार्यकर्ता, बुद्धिजीवी र एमाले समर्थक नगरवासीको सहभागिता रहनेछ।

एमालेले २५ गते पालिकास्तरीय, २९ गते जिल्लास्तरीय र मङ्सिर ६ गते काठमाडौं उपत्यकामा बृहत् जनसभा गर्ने तयारी गरेको छ।


क्याटेगोरी : समाचार
ट्याग : #एमाले तारकेश्वर



तपाईको कमेन्ट लेख्नुहोस्