Techie IT
आईतबार, मंसीर ८,२०८२

प्रतिनिधि सभा व्युँताउने प्रयासमा एमालेको हस्ताक्षर संकलन जारी


प्रतिनिधिसभा ब्युताउन नेकपा एमालेका निवर्तमान सांसदहरूको हस्ताक्षर संकलन जारी छ । यही कात्तिक २० गतेदेखि हस्ताक्षर संकलन सुरु भएको हो ।

२० जना भन्दा बढीको हस्ताक्षर संकलन भएको भनिएको छ तर, यकिन संख्या सार्वजनिक गरिएको छैन । निवर्तमान सांसदहरू जिल्ला–जिल्लामा रहेका र पार्टीको वडा÷पालिकास्तरीय कार्यक्रममा समेत व्यस्त रहेकाले काठमाडौंमा उपलब्ध निवर्तमान सांसदहरूले हस्ताक्षर संकलन गरेका छन् ।

एमालेले गत शुक्रबार वडास्तरीय भेला गरेको थियो । यही कात्तिक २५ गते पालिकास्तरीय भेला गर्दैछ । त्यसपछि जिल्लास्तरीय सभा र आगामी मंसिर ६ गते काठमाडौंमा प्रदर्शनको आयोजना गर्दैछ । यी भेला र प्रदर्शनमार्फत एमालेले प्रतिनिधिसभा पुनस्र्थापनाका लागि दबाब दिने नीति लिएको छ । साथै महाधिवेशनको तयारी समेत भनिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #प्रतिनिधि सभा व्युँताउने प्रयासमा


तपाईको कमेन्ट लेख्नुहोस्