९ जनालाई प्रशासकीय प्रमुखको जिम्मेवारी , ३६ उपसचिवसहित ७३ कर्मचारीको सरुवा
३६ उपसचिवसहित शाखा अधिकृत र नायव शुब्बा गरेर ७३ जना कर्मचारीको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार र बिहीबारको निर्णय अनुसार उनीहरुको सरुवा गरेको हो।३६ जना उपसचिवको सरुवा गर्दा ९ जना उपसचिवलाई विभिन्न नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।
जसमा पदमबहादुर बुढालाई दैलेखको दुल्लु नगरपालिका, मंगलबहादुर शाहीलाई बर्दियाको ठाकुरबाबा नगरपालिका, शिवराज रेग्मीलाई लमजुङको राईनास नगरपालिका, महमदशेरे मुस्तफालाई रौतहटको देवाहीगोनाही नगरपालिका, बिकाउकुमार यादवलाई रौतहटको राजदेवी नगरपालिका, सुर्यप्रसाद गौतमलाई बाराको निजगढ नगरपालिका, ओमप्रकाश महतोलाई धनुषाको हंशपुर नगरपालिका, डम्बरबहादुर जिसीलाई बागलुङको गल्कोट नगरपालिका र सुनिल निरौलालाई झापाको दमक नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।
यस्तै, ५ जना उपसचिवलाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीबाट सरुवा गरेर अन्यत्र पठाइएको छ । जसमा रुकुम पश्चिमको चौरजहारी नगरपालिका प्रेम सुवेदी, बर्दियाको ठाकुरबाबा नगरपालिका छविलाल नेपाली, कैलालीको भजनी नगरपालिकाका राजेन्द्रप्रसाद पन्थी, बाराको निजगढ नगरपालिकाका राजेन्द्रबहादुर अर्याल र बागलुङको गल्कोट नगरपालिकाका सुर्यप्रसाद उपाध्यायलाई अन्यत्र सरुवा गरिएको छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ८पेप्सिकोलाको CBIA स्कुलको एसईई २०८१ मा ऐतिहासिक सफलता: २ विधार्थी ४ जी पी ए सहित ६५ विद्यार्थीमध्ये ५७ जनाको A+






तपाईको कमेन्ट लेख्नुहोस्