एकादशी मेलामा सेनाद्वारा निःशुल्क स्वास्थ्य सेवा, ११६ भक्तजनले लिए उपचार
खाँदबारी : संखुवासभाको खाँदबारी नगरपालिका–९, तुम्लिङटारस्थित ऐतिहासिक तथा धार्मिक स्थल मनकामना धाममा लागेको एकादशी मेलामा नेपाली सेनाले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ११६ जनाले सेवा लिएका छन्।
खाँदबारीस्थित इन्द्रदल गुल्मले शुक्रबार र शनिबार दुई दिन सञ्चालन गरेको उक्त शिविरमा ६२ जना पुरुष र ५४ जना महिलाले उपचार सेवा प्राप्त गरेका हुन्।
गुल्मका गुल्मपति सेनानी नवराज बस्नेतका अनुसार, मेलामा लामो दूरी हिडेर आउनुहुने भक्तजनहरूका लागि स्वास्थ्य जोखिम हुन सक्ने भएकाले सेनाले सामाजिक उत्तरदायित्व अन्तर्गत यो शिविर सञ्चालन गरेको हो। “मेलामा भीड बढ्ने भएकाले सामान्य स्वास्थ्य समस्या देखिने गर्छ, त्यसलाई ध्यानमा राख्दै हामीले सेवा दिएका हौं,”उहाँले भन्नुभयो।

शिविरमा इन्द्रदल गुल्मका र हिलेबाट आएका सेनाका चिकित्सक र स्वास्थ्यकर्मीहरूको टोलीले संयुक्तरुपमा रक्तचाप, मधुमेह, ज्वरो, रुघाखोकी, शरीर दुखाइ लगायतका सामान्य रोगहरूको परीक्षण र निःशुल्क औषधि वितरण गरेको थियो।
मेला आयोजक तुम्लिङटार स्पोर्टिङ क्लबका अध्यक्ष देबेन्द्र घिमिरेले सेनाको यो जनमुखी कार्यप्रति आभार व्यक्त गर्दै भन्नुभयो, “सेनाले गरेको स्वास्थ्य सेवा मेलामा सहभागी भक्तजनका लागि सहज र उपयोगी रह्यो।”
स्थानीय बासिन्दाले पनि सेनाको मानविय पहलको प्रशंसा गर्दै यस्ता कार्यक्रमले धार्मिक मेलाको वातावरणलाई सुरक्षित र व्यवस्थित बनाउन सहयोग पुर्याउने बताएका छन्।
संखुवासभाको मनकामना घाममा लाग्ने एकादशी मेला ऐतिहासिक, धार्मिक र सांस्कृतिक दृष्टिले अत्यन्त महत्वपूर्ण मानिन्छ। हरेक वर्ष लाग्ने यस मेलामा संखुवासभाका साथै भोजपुर, धनकुटा, ताप्लेजुङ लगायतका जिल्लाबाट समेत भक्तजनहरू मनोकामना देवीको दर्शन गर्न आउने गर्दछन।
क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #hot, #ईन्द्र दल गुल्म खाँदबारी, #निशुल्क स्वास्थ शिबिर, #नेपाली सेना, #मनकामना धाम, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्