हिमाली क्षेत्रमा पदयात्रा नगर्न नागरिक र पर्यटकलाई संखुवासभा प्रशासनको अनुरोध
उच्च हिमाली क्षेत्रमा परेको हिमपात र लगातारको वर्षाका कारण संखुवासभा प्रशासनले नागरिक र पर्यटकलाई सतर्क रहन आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालय संखुवासभाले ४ हजार मिटरभन्दा माथिका हिमाली क्षेत्रमा पदयात्रा नगर्न अनुरोध गरेको हो । बिहीबार प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले जारी गरेको सूचनामा अत्यधिक हिमपात र चिसो बढेकाले मकालु आधार शिविरलगायत उत्तरी क्षेत्रतर्फको यात्रा नगर्न सबैलाई सचेत गराइएको छ ।
प्रशासनका अनुसार लगातारको हिमपातका कारण खाद्यान्न र अन्य अत्यावश्यक सामग्रीको आपूर्ति अवरुद्ध हुन सक्ने सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाले पनि शनिबारसम्म वर्षा र हिमपात जारी रहने पूर्वानुमान गरेको छ । सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्रशासनले विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।

यसैबीच, मकालु प्रहरी चौकी सेदुवाका प्रहरीहरूले विदेशी र स्वदेशी पर्यटकलाई मौसमसम्बन्धी जानकारी दिँदै सचेत गराइरहेका छन् । जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी कुमारप्रसाद मैनालीका अनुसार हाल मकालु आधार शिविर क्षेत्रमा करिब ७० जना विदेशी र ६० जना नेपाली पर्यटक रहेका छन् । प्रहरीले तुम्लिङटार विमानस्थल,नुम र सेदुवामा मौसमी सचेतना अभियान सञ्चालन गरिरहेको छ, डीएसपी मैनालीले भन्नुभयो, “हामीले पर्यटकलाई मौसम, बाटो र सम्भावित जोखिमबारे निरन्तर जानकारी दिइरहेका छौ।’
प्रशासनका अनुसार लगातारको वर्षाले पहिरो जाने, सडक अवरुद्ध हुने र जनजीवन प्रभावित हुने खतरा बढेको छ । त्यसैले अत्यावश्यक काम बाहेक अनावश्यक यात्रा नगर्न सबै नागरिकलाई आग्रह गरिएको छ । त्यसैगरी, पहिरोको जोखिम देखिएका क्षेत्रका बासिन्दालाई विशेष सतर्कता अपनाउन र आवश्यकता परे सुरक्षित स्थानमा सर्न पनि स्थानीय तहलाई आग्रह गरेको छ ।
संखुवासभा प्रशासनले नदी किनार, पहिरो सम्भावित स्थान र हिमाली क्षेत्रनजिकका बाटोमा हिँड्दा विशेष सावधानी अपनाउन र मौसमसम्बन्धी जानकारी नियमित सुन्न पनि सबैलाई आग्रह गरेको छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार
ट्याग : ##जिल्ला प्रशासन कार्यालय लमजुङ, #breaking, #खादबारी, #नागरिक, #नेपाल प्रहरी, #पदयात्रा नगर्न अनुरोध, #पर्यटक, #मकालु हिमाल, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्