Techie IT
शुक्रबार, कात्तिक ८,२०८२

तारकेश्वरमा मोटरसाइकल दुर्घटना, १७ वर्षीय घिमिरे गम्भीर घाइते


काठमाडौं । तारकेश्वर नगरपालिका–६ धर्मस्थली पसल चोक नजिक गएराति एक मोटरसाइकल दुर्घटनामा परि एक युवक गम्भीर घाइते भएका छन्।

गएराति करिब ११:३५ बजे तिनपिप्लेबाट सानो बाइपासतर्फ जाँदै गरेको बा.प्र.०२–०३७प ५१०६ नम्बरको आर–वान–फाइभ मोटरसाइकल अनियन्त्रित भई डिभाइडरमा ठोक्किएपछि सडकछेउमा रहेको बिजुलीको पोलमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा तारकेश्वर–३ का १७ वर्षीय प्रजित घिमिरे गम्भीर घाइते भएका छन्। टाउको, छाती, हात र खुट्टामा चोट लागेको घिमिरेलाई प्रारम्भिक उपचारका लागि महाराजगञ्जस्थित टिचिङ अस्पताल लगिएको र पछि थप उपचारका लागि टोखास्थित ग्रान्डी अस्पताल सारिएको बालाजु प्रहरी वृत्तले जानकारी दिएको छ।


क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वरमा मोटरसाइकल दुर्घटना


तपाईको कमेन्ट लेख्नुहोस्