तिहारको मुख्य दिन भाइटीका : किन लगाइन्छ सप्तरंगी टीका र माला ?
काठमाडौं / यमपञ्चकको पाँचौँ दिनलाई भाइटीका अर्थात् भातृद्वितीया भनिन्छ। आजकै दिन घरमा नित्यकर्म गरी शास्त्रीय विधिअनुसार यम, यमुना र अष्टचिरञ्जीवीको पूजा गरिन्छ।
नेपाल पञ्चांग निर्णायक समितिका अनुसार भाइटीकाको शुभ साइत ११ :३९ बजे निस्किएको छ। आज दिनभर टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि अभिजित् मुहूर्तको शुभ साइत दिइएको समितिले जनाएको छ।
बहिनी यमुनाले आफ्ना दाजु यमराजलाई यमलोकको कार्यबाट बिदा लिएर निमन्त्रणा गरी आफ्ना घरमा सम्मानपूर्वक पूजाअर्चना गरेको चर्चा पौराणिक वाङ्मयमा पाइन्छ। दिदीबहिनीले दाजुभाइको दीर्घायु, आरोग्य, ऐश्वर्य, कीर्ति आदिको वृद्धिका लागि भाइटीका लगाइदिन्छन्। माइतीको जीवनमा आउने अप्ठ्यारो र अशुभको नाश गर्न कठोर ओखर, बिमिरो आदिको पूजा गरी ढोकामा राखेर फुटाइन्छ।
त्यसपछि तेलको धाराले परिक्रमा गराई सप्तरंगी टीका लगाइदिने र कहिले नओइलाउने मखमली, दुबो, सयपत्री आदिको माला लगाई मिष्ठान्न मसला आदि विभिन्न परिकार खुवाउने प्रचलन रहेको छ। यस दिन गणेश, लोमश, यमुना, परिचारिका, नवग्रह, ब्रह्मा, विष्णु रुद्रादिको पूजा पनि गरिन्छ।
दाजुभाइले दिदीबहिनीलाई आफ्नो क्षमताअनुसार दक्षिणा, उपहार दिने प्रचलन छ। यमपञ्चकको पाँच दिनमा क्रमशः काग, कुकुर, गौ, लक्ष्मी गोवद्र्धन र भाइपूजा गरी पशुपक्षीलगायत सम्पूर्ण परिवारको दीर्घायु, आरोग्य, ऐश्वर्य, यश, कीर्ति, विजय आदिको कामना गरिन्छ। पिङ खेल्ने, दीपावली गर्ने, देउसीभैलो खेल्दै सेलरोटी आदि मिष्ठान्न खाई रमाइलो गरी तिहार मनाउने गरिन्छ।
हाम्रा पर्व संसारभरि फैलिएका छन्। सुमात्रादेखि हिन्द एसिया ब्रह्मदेश ९बर्मा०देखि अजरबैजानको बाकुसम्म ज्योति र फूलैफूलको पर्व, रंगीबिरंगी सप्तरंगी पर्वको रूपमा मनाएर संसारभरि शान्ति, समृद्धि, उन्नति, आपसी, मैत्री करुणाको भावलाई फैलाइएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #तिहारको मुख्य दिन भाइटीका
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ८पेप्सिकोलाको CBIA स्कुलको एसईई २०८१ मा ऐतिहासिक सफलता: २ विधार्थी ४ जी पी ए सहित ६५ विद्यार्थीमध्ये ५७ जनाको A+






तपाईको कमेन्ट लेख्नुहोस्