तारकेश्वरमा भाइटिकाको बिहानै दुर्घटना ,धर्मस्थलीका २६ वर्षीय युवकको मृत्यु
काठमाडौं । तारकेश्वर चिसापानीस्मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा २६ वर्षय यूवकको घटनास्थलमै मृत्यु भएको छ। तीव्र गतिमा रहेको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा २६ वर्षीय अमित पुतुवारको घटनास्थलमै मृत्यु भएको हो । पुतुवार तारकेश्वर–६ पुसल धर्मस्थलीका स्थानीय बासिन्दा हुन् ।
प्रहरीकाअनुसार घटनास्थलमा पुगेर अनुसन्धान भइरहेको छ भने दुर्घटनाको कारणबारे थप विवरण संकलन भइरहेको जनाएको छ।
मृतकलाई तत्कालै प्रहरिको सहयोगमा तारकेश्वर सिटी अस्पताल लगिएको भए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
तारकेश्वरको तिनपिप्ले–सानो बाइपास सडक र जरंखु–लामबगरमा सडकमा हरेक महिना दुर्घटना हुने गरेको स्थानीयबासीले बताएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वरमा भाइटिकाको बिहानै दुर्घटना
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ८पेप्सिकोलाको CBIA स्कुलको एसईई २०८१ मा ऐतिहासिक सफलता: २ विधार्थी ४ जी पी ए सहित ६५ विद्यार्थीमध्ये ५७ जनाको A+






तपाईको कमेन्ट लेख्नुहोस्