Techie IT
सोमबार, असोज २७,२०८२

बालेनलाई सोध्नैपर्ने प्रश्न


यादव देवकोटा

चिनियाँ दूतावासले नयाँ वर्षको कार्यक्रम गर्न काठमाडौं महानगरसँग स्थान माग्दा पदीय मर्यादा र कुटनीतिक सीमा बिपरित बालेनले चिनियाँ दूतावासलाई किन लल्कारेको होला भनेर आश्चर्य लागेकै थियो ।

कतै बालेन चीन विरोधी शक्ति केन्द्रद्वारा परिचालित पो हुन् कि भन्ने शंका भएपनि त्यो आशंकाको हदमा मात्रै सिमित थियो । यूथ काउन्सिलको कन्स्पिरेसी भएपनि त्यसलाई जोड्ने डटहरु कसैले सार्वजनिक गरेको अवस्था थिएन ।

अहिले बालेनको सार्वजनिक पात्रको रुपमा जेनजी आन्दोलन हाइज्याक गरेर अघि सारिएका सुदन गुरुङको संस्था हामी नेपालले तिब्बतियन रेफ्यूजी फण्डबाट सहयोग लिएको र बालेन/सुदनले अघि सारेको सुशीला कार्की प्रधानमन्त्री बन्नासाथ आजसम्म कसैले नपाएको कथित तिब्बती सरकार र तिब्बति प्रधानमन्त्रीको शुभकामना प्राप्त हुनु आश्चर्यजनक छ ।

सबैलाई थाहै छ, दलाई लामा र फ्रि तिब्बत मुभमेन्टलाई कसको ब्याक अप छ ।

अब यो डटहरु जोडौं त यूथ काउन्सिलदेखि, चिनियाँ दूतावासलाई लल्कार्ने हुँदै फ्री तिब्बत मुभमेन्टद्वारा फण्डेड बालेनको पब्लिक कमाण्डर र दलाई लामाको शुभकामनासम्म ।

यो कन्स्पिरेसी मात्रै हो कि एउटा देश सिध्याउने परिचालित पोट्रेट पनि हो ?

अघिल्लो दिनको आन्दोलन मेरो होइन, म आउन मिल्दैन भन्नेले देशलाई खरानीको थुप्रोमा परिणत गरेपछि आफैं सत्ताको स्केच लिएर संसद विघटन र सेनासँग वार्ताको रोडम्याप सार्वजनिक गर्छ र प्रमाणित गर्छ – आन्दोलन उसको थिएन, वितण्डा उसको थियो ।

अघिल्लो दिन जेनजीको आन्दोलनमा पानी बाँड्ने स्वयंसेवक बनेर गएको पात्रलाई भोलिपल्ट वितण्डा मच्चाएर देशलाई खरानीको थुप्रोमा परिणत गरेपछि जेनजीको प्रतिनिधि बनाएर अघि सारिन्छ र सैनिक नेतृत्वसँग वार्ता गर्न पठाइन्छ ।

सिंहदरबार जलाउनुपर्छ भन्ने भाष्यको आगो मानिसको दिमागमा सल्काएको पात्र आफुले सल्काएको हिस्टेरियाको सिकार भएकाहरुले साँच्चै नै सिंहदरबार जलाएपछि एक ट्यांकर पानीसम्म सिंहदरबारमा नखन्याइ सदन विघटन र सेनासँग वार्ताको रोडम्याप सार्वजनिक गर्छ । यदि आन्दोलन उसको थिएन भने सत्ताको रोडम्याप सार्वजनिक गर्ने ऊ को हो ?

कसबाट परिचालित रोडम्याप थियो त्यो ?


क्याटेगोरी : विचार/बहस
ट्याग : #hot, #बालेनलाई सोध्नैपर्ने प्रश्न


तपाईको कमेन्ट लेख्नुहोस्