सुदन गुरुङ समूहले प्रहरीलाई धम्क्याएपछि…
असोज । जेनजी आन्दोलनबाट चर्चामा रहेका ‘हामी नेपाल’का अध्यक्ष सुदन गुरुङको समूह सोमबार पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध किटानी जाहेरी लिएर जिल्ला प्रहरी परिसरमा पुग्यो ।
सोमबार दिउँसभर ओली र लेखकलाई तत्काल पक्राउ गर्नुपर्ने भन्दै सामाजिक सञ्जालमा अभियान चलाउँदै आएको समूह काठमाडौं प्रहरीमा पुगेपनि प्रहरीले भने जाहेरी दर्ता गरेन ।
प्रहरीले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले छानबिन गरिरहेको जनाउँदै दर्ता गर्न नमानेको बताइएको छ ।
प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले जेनजी आन्दोलनको घटनाबारे न्यायिक छानबिनका लागि बनाइएको जाँचबुझ आयोगले काम गरिरहेकाले प्रहरीले उजुरी लिनु भनेको मुठभेड निम्त्याउनु भएको हुँदा त्यसको सबै जिम्मा लिने गरी प्रधानमन्त्रीबाट लिखित आदेश आए जाहेरी लिने बताएको बालुवाटार उच्च स्रोतले जनाएको छ ।
बालुवाटारमा प्रधानमन्त्रीसहित उच्च तहको बैठक बसेको थियो । बैठकमा प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, नेपाल प्रहरीका महानिरीक्षक खापुङ, प्रहरी अतिरिक्त महानिरीक्षकद्वय दानबहादुर कार्की र मनोज केसी तथा गृह मन्त्रालयका उच्च अधिकारीहरू थिए ।
‘अहिलेको अवस्थाबाट सरकार अघि बढ्ने हो भने कुनै पनि सरकारी निकायले काम गर्न सक्दैन । भोलि मुठभेड भएमा र प्रहरीबाट गोली चलेमा त्यसको जिम्मेवारी लिने निकाय कुन हो भन्ने स्पष्ट आदेश र जानकारी चाहिन्छ,’ प्रहरीको भनाइ उद्धृत गर्दै बालुवाटारनिकट स्रोतले भन्यो ।
जेनजीका नाममा गुरुङ समूहले प्रहरीलाई धम्क्याएपछि बालुवाटारमा प्रधानमन्त्रीसहित सुरक्षा संयन्त्रको गम्भीर बैठक बसेको थियो । बैठक राति अबेरसम्म बसेको स्रोतको दाबी छ ।
सुरक्षामा गम्भीर चुनौती उत्पन्न भएपछि काठमाडौं प्रहरी परिसरले आफ्ना सबै वृत्तलाई हाइ अलर्टमा राखेको छ ।
जेनजी आन्दोलनको घटना छानबिनका लागि जाँचबुझ आयोगले काम गरिरहेको भन्दै जाहेरी दर्ता गर्न प्रहरीले इन्कार गरेपछि गुरुङले ‘सडकबाटै देखाइदिन्छौँ’ भन्दै प्रहरीलाई धम्क्याएका थिए ।
‘अहिले नै मुलुकलाई मुठभेडमा लैजाने हो भने मात्रै उजुरी दर्ता गरौँ, होइन भने आयोगलाई काम गर्न दिऔँ,’ प्रहरीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो । गुरुङ टोलीले आयोगमा पनि पुगेर धम्क्याएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सुदन गुरुङ समूहले प्रहरीलाई धम्क्याएपछि…
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्