Techie IT
आईतबार, जेठ ३,२०८३

‘म बनाउँछु मेरो सिंहदरबार’ भन्दै अर्घाखाँचीका तरकारी कृषकले जम्मा गरे १ लाख


आधा फुलेको दाह्री, नसमेलिएको कपाल, खरानी रङको पाइन्ट, खैरो टिसर्ट र हाफ ज्याकेटमा सोमबार दिउँसो साढे ३ बजेतिर एक व्यक्ति जिल्ला प्रशासन कार्यालय अर्घाखाँची आइपुगे।

त्यस बेला प्रमुख जिल्ला अधिकारी ९सिडिओ० गोपालप्रसाद अर्याल कार्यकक्षमै थिए। कार्यकक्षमा प्रवेश गर्दै उनले आफ्नो ब्यानर खोले र भावुक हुँदै भने,
सिंहदरबार जल्दै गर्दा मलाई मेरो आस्था जलिरहेजस्तो लाग्यो। बरु मेरो घर जल्दा पनि यति पीडा हुने थिएन होला ब्यानरमा जलिरहेको सिंहदरबारको तस्बिर र मोटो रातो अक्षरमा ूम बनाउँछु मेरो सिंहदरबार, म बनाउँछु मेरो देशू लेखिएको थियो। साथमा पहेँलो हेलमेट लगाएर काँधमा इँटा बोकेका युवाको चित्र पनि थियो।

यी व्यक्ती कुनै राजनीतिक अभियन्ता होइनन् — उनी हुन् शितगंगा नगरपालिका(२ सीतापुरका किसान तुलसीराम अधिकारी। खोटाङ घर भएका अधिकारी पाँच–छ वर्षदेखि टिमुर र तरकारी खेती गर्दै आएका छन्। उनी सन्धिखर्क तारामार्गका अर्का किसान ठाकुरप्रसाद खनालसँगै प्रशासन कार्यालय पुगेका थिए।

दुई घण्टा यात्रा गरेर आएका उनीहरूको उद्देश्य स्पष्ट थियो — आगजनीले क्षतिग्रस्त सिंहदरबार पुनर्निर्माणमा सहयोग गर्न। अधिकारीले प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा १ लाख १ सय रूपैयाँ जम्मा गरेको भौचर सिडिओलाई हस्तान्तरण गरे।

अधिकारीले भने,सिंहदरबार एउटा भवन मात्र होइन, नेपालको इतिहासको धरोहर हो। जबदेखि त्यो जल्यो, म निदाउन सक्दिनँ। जलिरहेको दृश्य र रगतमा लतपतिएका मृतकका तस्वीरहरूले मलाई निरन्तर झस्काइरहेका छन्।ू

अधिकारी सीतापुरमा जग्गा किनेको र भाडामा लिएको दुवै ठाउँमा काँक्रा, टमाटर, गोभी, खुर्सानी लगायत तरकारी उत्पादन गर्दै आएका छन्।

सो अवसरमा सिडिओ अर्यालले अधिकारीको यो योगदानलाई ऐतिहासिक कदमका रूपमा प्रशंसा गर्दै भने,सरकारले हालसम्म यस्ता संरचना पुनर्निर्माणका लागि छुट्टै कोष निर्माण नगरेकाले हामीले प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा जम्मा गर्न सुझाएका थियौं। स्वच्छ भावना लिएर सहयोग गर्नुभएकोमा धन्यवाद छ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #म बनाउँछु मेरो सिंहदरबार' भन्दै अर्घाखाँचीका तरकारी कृषकले जम्मा गरे १ लाख


तपाईको कमेन्ट लेख्नुहोस्