शिक्षक, विद्यालय कर्मचारीहरुलाइ कार्यालय पोसाकमा टिकटक बनाउन निषेध
काठमाडौं, ३० भदौ । सरकारी तथा सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीले स्कुलको पोशाकमा टिकटक तथा भिडिओ बनाउन नपाउने भएका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस्तो निर्णय गरेको हो । कतिपय शिक्षक, कर्मचारीले बालमनोविज्ञानमा प्रत्यक्ष असर पुग्नेगरी कार्यालय समयमा तोकिएको पोशाकमा टिकटक, भिडिओ बनाएर पोष्ट गरेको गुनासो प्राप्त भएपछि यस्तो निर्णय गर्नुपरेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले शिक्षक, कर्मचारीलाई त्यस्तो कार्य नगर्न निर्देशन दिन शिक्षा तथा मानवस्रोत विकास केन्द्रलाई पनि परिपत्र गरेको छ । भनिएको छ, ‘विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई सो कार्य नगर्न नगराउनका लागि आवश्यक समन्वय, सहयोग र सहजीकरणका लागि निर्देशानुसार अनुरोध छ ।’
क्याटेगोरी : समाचार
ट्याग : #पोसाकमा टिकटक बनाउन निषेध
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्