पतिलाई रुखमा बाँधेर दुईमहिने सुत्केरीमाथि बलात्कार
हेटौँडा — पश्चिम मकवानपुरको राक्सिराङ–१, इन्द्रुङमा बोल्नसमेत कठिनाइ भएको एक चेपाङ दम्पतीमाथि क्रुर अत्याचार भएको घटना बाहिर आएको छ। जंगल नजिक एकान्तमा सानो छाप्रोमा बस्दै आएका यी दम्पतीको घरमा गएको बिहीबार राति घटनाको क्रममा पति रुखमा बाँधिएको र दुई महिनाअघि मात्र सुत्केरी भएकी पत्नीमाथि बलात्कार गरिएको खुलासा भएको हो।
राक्सिराङ प्रहरी चौकीका इञ्चार्ज नवीन सिंहका अनुसार घटना भदौ २६ गते राति भएको हो। उनले भने, “भोलिपल्ट मात्र घटनाको जानकारी पाएका थियौँ। जेन्जी आन्दोलनका कारण तत्काल गाउँ पुग्न नसक्दा आइतबार मात्रै वडा नम्बर १ मा पुगेर आरोपीलाई नियन्त्रणमा लिएका हौँ।”
पीडित दम्पतीको अवस्था अत्यन्त दयनीय रहेको छ। उनीहरू बोल्न पनि सहज छैनन् र आफ्नै घरसमेत छैन। काम नपाएपछि भोकै बसिरहेको खबर पाएर राक्सिराङ गाउँपालिकाले भदौ ३ गते चामल, दाल, तेल, नून, त्रिपाल र कम्बल राहतस्वरूप उपलब्ध गराएको अध्यक्ष राजकुमार मल्लले जानकारी दिए। उनले भने, “यस्तो विपन्न परिवारमाथि यस्तो अमानवीय घटना हुनु निकै दुःखद हो।”
घटनापछि वडाध्यक्षमार्फत जानकारी लिएर जिल्ला प्रहरीलाई सूचित गरिएको र आरोपित पक्राउ गर्न प्रहरी पठाइएको मल्लले बताए।
प्रहरीका अनुसार ४२ वर्षीय अन्तरे थिङलाई आइतबार साँझ पक्राउ गरी मनहरी इलाका प्रहरी कार्यालय पठाइएको छ। सिंहले भने, “पीडितले घटनामा उनी संलग्न भएको स्पष्ट बताएका छन्। अनुसन्धानका क्रममा अन्य संलग्नता पनि पत्ता लाग्न सक्ने देखिन्छ।”
अध्यक्ष मल्लका अनुसार आन्दोलनका कारण गाउँमा प्रहरी समयमै पुग्न नसक्दा पनि अभियुक्त भाग्न सकेन र पक्राउ गर्न सफल भएको हो।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पतिलाई रुखमा बाँधेर दुईमहिने सुत्केरीमाथि बलात्कार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्