कुलमानद्वारा मन्त्री पद अस्वीकार, दुर्गा प्रसाईको भागमा २ मन्त्री , को को बन्दै छन मन्त्रि ?
काठमाडौं । आजै साँझसम्म सपथ गराउने हिसाबले मन्त्रिपरिषद् गठनको तयारी भइरहेको छ । जीन–जी प्रतिनिधि, कुलमान घिसिङ, दुर्गा प्रर्साी र बालेन साहको प्रतिनिधिलाई राखेर नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् गठनको एक्ससाइज थालेकी हुन् ।
आन्तरिम सरकारको नेतृत्व गर्न अगाडि सरेका कुलमान घिसिङ सुशीला कार्की नेतृत्वको सरकारमा नजाने भएका छन् । उनले मन्त्री पद लिन ठाडै अस्वीकार गरेको बुझिएको छ । घिसिङ आफू मन्त्री नबन्ने भएपछि उनले सिफारिसको गरेको व्यक्तिलाई मन्त्री बनाइने भएको छ ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भने ६ जना मन्त्री मागेका छन् । तर उनको सिफारिसमा २ जना मन्त्री बन्ने भएका छन् । उनले कसलाई सिफारिस गर्छन् त्यस’bout कुनै संकेत प्राप्त भएको छैन । सम्भवतः एकजना डा. सुरेन्द्र केसी हुनसक्ने बताइएको छ ।
जेनजीको प्रतिनिधि भनेर कोही पनि मन्त्री बन्न नजाने स्पष्ट पारेका छन् । आफ्नो टिमबाट मन्त्रीको जिम्मेवारी नलिने भएपछि जिनजीले स्वतन्त्र र निष्कलंक व्यक्तिको खोजी गरिरहेको बुझिएको छ । त्यसमध्ये पूर्वन्यायाधीश आनन्दमोहन भट्टराई, बालेका कानुनी सल्लाहकार ओमप्रकाश अर्याललगायतको नाम मन्त्री बन्ने सूचिमा छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कुलमानद्वारा मन्त्री पद अस्वीकार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्