नेपालले सागोरिकालाई रोक्न सकेन, बंगलादेश पाँचौं पटक च्याम्पियन
काठमाडौं । सिनियर राष्ट्रिय टोलीका सदस्य मोसम्मत सागोरिकाको सानदार प्रदर्शनप्रेरित बंगलादेशले पाँचौं पटक दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–२० महिला च्याम्पियनसिपको उपाधि जितेको छ ।
सोमबार राजधानी ढाकास्थित बसुन्धरा किङ्स अरिना रंगशालामा सम्पन्न प्रतियोगिताको अन्तिम खेलमा बंगलादेशले नेपालमाथि ४–० को सहज जित हासिल गर्यो । बंगलादेशका लागि सबै गोल स्ट्राइकर सागोरिकाले गरिन् ।
पहिलो हाफमा एक गोलको अग्रता बनाएको बंगलादेशले दोस्रो हाफमा तीन गोल थप्यो । जितसँगै ६ खेलमा स्पष्ट १८ अंक जोड्दै बंगलादेश च्याम्पियन बन्न सफल भएको हो । डबल राउन्ड पद्धत्तिको प्रतिस्पर्धामा बंगलादेशले उपविजेता नेपाललाई ६ अंकले पछाडि पार्यो ।
प्रतियोगिताकै सर्वाधिक सफल टोली बंगलादेशले लगातार दोस्रो संस्करण उपाधि जितेको हो । ढाकामै भएको अघिल्लो संस्करणमा भारत र बंगलादेशले संयुक्त रुपमा उपाधि जितेको थियो ।
तीन खेलको प्रतिबन्धपछि फर्किएकी सागोरिकाले नेपाली रक्षापङ्क्तिलाई खेल अवधिभर हम्मे हम्मे पारिन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नेपालले सागोरिकालाई रोक्न सकेन, #बंगलादेश पाँचौं पटक च्याम्पियन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्