तादी खोलाको दहमा डुबेका टोखाको युवकको शव फेला
नुवाकोट । दुप्चेश्वर गाउँपालिका–६ गौंडापुलस्थित तादी खोलाको किनारमा रहेको दहमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका एक युवकको शव फेला परेको छ।
काठमाडौंको टोखा नगरपालिका–८ निवासी १९ वर्षीय उत्सव श्रेष्ठ साउन २ गते ४:३० बजेको समयमा दहमा पौडी खेल्ने क्रममा अचानक बेपत्ता भएका थिए। घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय बासिन्दा तथा दुप्चेश्वर गाउँपालिकाको समन्वयमा खोजी कार्य सुरु गरिएको थियो।
लगातारको प्रयासपछि साउन ३ गते विहान दुप्चेश्वर गाउँपालिका-५ स्थित झोलुङ्गे पुलमाथि र भ्याङ्लेको पक्की पुलभन्दा तलको स्थानमा युवकको शव फेला परेको हो। प्रहरीले मृतकको परिवारको रोहबरमा कानुनी प्रक्रिया अनुसार घटनास्थलमै मुचुल्का तयार गरी शवलाई पोस्टमार्टमका लागि जिल्ला सदरमुकाम, नुवाकोट पठाएको जानकारी दिएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #तादी खोलाको दहमा डुबेका युवकको शव फेला
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्