Techie IT
सोमबार, साउन ६,२०८२

तादी खोलाको दहमा डुबेका टोखाको युवकको शव फेला


नुवाकोट । दुप्चेश्वर गाउँपालिका–६ गौंडापुलस्थित तादी खोलाको किनारमा रहेको दहमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका एक युवकको शव फेला परेको छ।

 

काठमाडौंको टोखा नगरपालिका–८ निवासी १९ वर्षीय उत्सव श्रेष्ठ साउन २ गते ४:३० बजेको समयमा दहमा पौडी खेल्ने क्रममा अचानक बेपत्ता भएका थिए। घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय बासिन्दा तथा दुप्चेश्वर गाउँपालिकाको समन्वयमा खोजी कार्य सुरु गरिएको थियो।

लगातारको प्रयासपछि साउन ३ गते विहान दुप्चेश्वर गाउँपालिका-५ स्थित झोलुङ्गे पुलमाथि र भ्याङ्लेको पक्की पुलभन्दा तलको स्थानमा युवकको शव फेला परेको हो। प्रहरीले मृतकको परिवारको रोहबरमा कानुनी प्रक्रिया अनुसार घटनास्थलमै मुचुल्का तयार गरी शवलाई पोस्टमार्टमका लागि जिल्ला सदरमुकाम, नुवाकोट पठाएको जानकारी दिएको छ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #तादी खोलाको दहमा डुबेका युवकको शव फेला


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Mostly Cloudy
5:19 am7:00 pm +0545