तारकेश्वरका स्वास्थ्यकर्मीले ३ महिनादेखि तलब पाएनन्, कर्मचारीलाई भने लाखौं भत्ता वितरण
काठमाडौं । तारकेश्वर नगरपालिका भित्रका स्थायी ७८ जना स्वास्थ्यकर्मीले ३ महिनादेखि तलब पाएका छैनन् । बैशाखदेखि असार मसान्तसम्मको तलब नपाउँदा बालबच्चा पढाउन र घरभाडा तिर्न समस्या भएको एक कर्मचारीले फरकपत्र डटकमसँग बताएका छन् । तारकेश्वर नगरपालिकाले आर्थिक मसान्तको अन्तिम दिन नगरपालिका र वडाका कर्मचारी र इन्जिनियरलाई भने लाखौं भत्ता वितरण गरेको छ ।
एक स्वास्थ्यकर्मीले त आफ्नो समस्या समाधान गर्न कर्मचारी सञ्चय कोषबाट ऋण लिएर घरखर्च चलाउँदै आएको बताएका छन् ।
नगर स्वास्थ्य शाखा प्रमुख बिनोद कुमार शाहले अन्तिम समयमा मन्त्रालय गएर बल्लतल्ल बजेट ल्याइएता पनि प्राविधिक कारणले गर्दा तलब पठाउन नसकिएको बताएका छन् । आवश्यकता भन्दा बढि दरबन्दी बाहिर भएका कर्मचारीलाई सहमती दिएर ल्याइएको कारण मन्त्रालयले दरबन्दी अनुसार पठाएको तलब चैत महिनामै सकिएको शाहले बताएका छन् । तारकेश्वरमा ४९ जनाको दरबन्दी रहेको ठाउँमा ७५ जना कर्मचारी हुँदा दरबन्दी हुनेहरुले पनि तलब पाएनन् । तारकेश्वरमा दरबन्दी भन्दा बढि कर्मचारीलाई सहमती दिनेमा पहिला र अहिलेका दुबै कार्यकालका जनप्रतिनिधिहरु नै हुन् ।
२४ जना स्वास्थ्यकर्मीको दरबन्दी अन्यत्र रहेता पनि सहमती लिएर तारकेश्वरमा काम गर्दै आएका छन् । त्यस्तै २ जना करारमा रहेका डाक्टरसहित गरी ७५ जनाले तलब नपाएको प्रमुख शाहले बताएका छन् । स्थानीय तहमा समायोजन भएका शाखा प्रमुख बिनोद कुमार शाह, राधा थपलिया र गणेश कुँवरसहित ७८ स्थायी स्वास्थ्यकर्मी तारकेश्वर नगरपालिकामा कार्यरत छन् ।
विगमा पनि केही स्वास्थ्कर्मी दरबन्दी भन्दा बढि रहेता पनि संघले समयमै बजेट पठाउँदै आएको थियो तर विगत ३ वर्षदेखि दरबन्दी भन्दा बढिका कर्मचारीको तलब समयमा नपठाउँदा समस्या आएको शाहले बताएका छन् । अब भदौ १५ सम्म स्वास्थ्यकर्मीहरूले तलब पाउने प्रमुख शाहले बताएका छन् ।
नगर स्वास्थ्य शाखाको निस्कृयताका कारण हामीले तलब नपाएको स्वास्थ्यकर्मींहरुले गुनासो गरेका छन् । ७५२ पालिकाका कर्मचारीले पाउँदा काठमाडौंको तारकेश्वर नगरपालिका कर्मचारीले नपाउने कुरै हुँदैन ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कर्मचारीलाई भने लाखौं भत्ता वितरण, #तारकेश्वरका स्वास्थ्यकर्मीले ३ महिनादेखि तलब पाएनन्
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्