दुप्चेश्वरको भाइरल दहमा पौडी खेल्न गएका काठमाडौँ टोखाका एकजना युवक बेपत्ता

कपिलेश्वर, नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–६ गौडापुल स्थित तादी खोलामा रहेको ‘भाइरल दह’ मा पौडी खेल्ने क्रममा एक युवक डुबेर बेपत्ता भएका छन्।
साउन २ गते साँझ करिब ४:४० बजेको समयमा काठमाडौँ जिल्ला टोखा नगरपालिका–३ का १८ वर्षीय उत्सव श्रेष्ठ दहमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका हुन्।
घुम्न तथा पौडी खेल्न सो ठाउँमा मानिसहरु पुग्ने गरेका छन् । त्यही अवसरमा श्रेष्ठ पनि पुगेका थिए। पौडी खेल्ने क्रममा उनी डुबेर बेपत्ता भएको इलाका प्रहरी कार्यालय खरानीटारले जानकारी दिएको छ।
बेपत्ता युवाको खोजीकार्य तत्काल सुरु गरिएको र प्रहरी तथा स्थानीयको सहयोगमा खोज भइरहेको प्रहरीले जनाएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #दुप्चेश्वरको भाइरल दहमा पौडी खेल्न गएका काठमाडौँ टोखाका एकजना युवक बेपत्ता
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्