दुप्चेश्वरको भाइरल दहमा पौडी खेल्न गएका काठमाडौँ टोखाका एकजना युवक बेपत्ता
कपिलेश्वर, नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–६ गौडापुल स्थित तादी खोलामा रहेको ‘भाइरल दह’ मा पौडी खेल्ने क्रममा एक युवक डुबेर बेपत्ता भएका छन्।
साउन २ गते साँझ करिब ४:४० बजेको समयमा काठमाडौँ जिल्ला टोखा नगरपालिका–३ का १८ वर्षीय उत्सव श्रेष्ठ दहमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका हुन्।
घुम्न तथा पौडी खेल्न सो ठाउँमा मानिसहरु पुग्ने गरेका छन् । त्यही अवसरमा श्रेष्ठ पनि पुगेका थिए। पौडी खेल्ने क्रममा उनी डुबेर बेपत्ता भएको इलाका प्रहरी कार्यालय खरानीटारले जानकारी दिएको छ।
बेपत्ता युवाको खोजीकार्य तत्काल सुरु गरिएको र प्रहरी तथा स्थानीयको सहयोगमा खोज भइरहेको प्रहरीले जनाएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #दुप्चेश्वरको भाइरल दहमा पौडी खेल्न गएका काठमाडौँ टोखाका एकजना युवक बेपत्ता
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्