Techie IT
शनिबार, साउन ४,२०८२

प्रकाश कटुवालको नयाँ गीत सार्वजनिक


काठमाडौ । चर्चित तथा लोकप्रिय गायक तथा सर्जक प्रकाश कटुवालको नयाँ गीत सार्वजनिक भएको छ। उनले आफ्नै शब्द तथा संगीतमा “जर्सी गाईको दूध” बोलको गीत सार्वजनिक गरेका हुन्। रमाइलो भाव र सामाजिक सन्देशलाई समेटिएको उक्त गीतमा आरके मिलनको संगीत संयोजन छ। गायक कटुवाललाई गायनमा गायिका समिक्षा अधिकारीले साथ दिएकी छिन्। गीतको म्युजिक भिडीयोमा नृत्य निर्देशन तथा निर्देशन चर्चित कोरियोग्राफर शंकर बीसीले गरेका छन्। शंकर बीसी स्वयं र मोडल रिया खड्काले अभिनय गरेको छ ।

नविन घर्ती मगरले सम्पादन गरेको भिडियो छायांकन राजेश घिमिरेले गरेका हुन्। गीतलाई स्मृति म्युजिक प्रालिले बजारमा ल्याएको हो।

हेर्नुहोस उक्त गितको पुरा भिडियो:

 


क्याटेगोरी : मनोरञ्जन/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
30°
Partly Cloudy
5:18 am7:01 pm +0545