एमाले सचिवालय बैठकबाट उमेर हद र कार्यकाल सिमाको व्यवस्था हटाउने निर्णय
नेकपा एमालेको सचिवालय बैठकले पार्टीको विधानमा रहेको ७० वर्षे उमेर सीमा र दुई कार्यकालसम्म मात्र उम्मेदवार बन्न सक्ने व्यवस्था हटाउने निर्णय गरेको छ। उपाध्यक्ष विष्णुप्रसाद पौडेलले तयार पारेको संशोधन प्रस्तावलाई मध्यरातमा सम्पन्न सचिवालय बैठकले अनुमोदन गरेको हो।
बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए अनुसार विधानको धारा ६४ मा रहेको उमेर र कार्यकालसम्बन्धी सिमा हटाइएको छ। यससँगै अब ७० वर्ष नाघेका वा दुई कार्यकाल भइसकेका नेताहरू पनि पुनः नेतृत्वका लागि उम्मेदवारी दिन सक्नेछन्।
बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक पुनरागमनसम्बन्धी विषय पनि छलफलमा प्रवेश गरेको ज्ञवालीले जानकारी दिए।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्