Techie IT
शुक्रबार, साउन ३,२०८२

एमाले सचिवालय बैठकबाट उमेर हद र कार्यकाल सिमाको व्यवस्था हटाउने निर्णय


नेकपा एमालेको सचिवालय बैठकले पार्टीको विधानमा रहेको ७० वर्षे उमेर सीमा र दुई कार्यकालसम्म मात्र उम्मेदवार बन्न सक्ने व्यवस्था हटाउने निर्णय गरेको छ। उपाध्यक्ष विष्णुप्रसाद पौडेलले तयार पारेको संशोधन प्रस्तावलाई मध्यरातमा सम्पन्न सचिवालय बैठकले अनुमोदन गरेको हो।

बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए अनुसार विधानको धारा ६४ मा रहेको उमेर र कार्यकालसम्बन्धी सिमा हटाइएको छ। यससँगै अब ७० वर्ष नाघेका वा दुई कार्यकाल भइसकेका नेताहरू पनि पुनः नेतृत्वका लागि उम्मेदवारी दिन सक्नेछन्।

बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक पुनरागमनसम्बन्धी विषय पनि छलफलमा प्रवेश गरेको ज्ञवालीले जानकारी दिए।


क्याटेगोरी : समाचार
ट्याग : #breaking


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
28°
Partly Cloudy
5:18 am7:01 pm +0545