Techie IT
बिहीबार, साउन २,२०८२

सृजना ज्ञानसागर तारकेश्वरकै सस्तो विज्ञान कलेज : नुवाकोट, रसुवा र धादिङबासीका लागि यस्तो अफर


काठमाडौं, तारकेश्वर । काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. ४, शेषमती सानो पुलमा रहेको सृजना ज्ञानसागर स्कुल/कलेजले शैक्षिक सत्र २०८२ का लागि कक्षा ११ को भर्ना खुलाएको छ। विज्ञान तथा व्यवस्थापन संकायमा भर्ना खुलाएको यो विद्यालय शैक्षिक क्षेत्रमा स्थापित तथा चर्चित नाम हो। सन् २०४४ सालमा गोलढुंगा, बोहोराटारमा स्थापना भएको सृजना ज्ञानसागरले ३८ वर्ष लामो सफल शैक्षिक यात्रा पार गरेको छ।

 

स्थापनाकालमा आधारभूत तहसम्म मात्र सीमित विद्यालय हाल नर्सरीदेखि कक्षा १२ सम्म पठनपाठन हुँदै आएको छ। अहिले कक्षा ११ र १२ मा विज्ञान तथा व्यवस्थापन संकायमा कम्प्युटर विज्ञान, होटल व्यवस्थापनलगायत अन्य विषयसमेत अध्यापन हुँदै आएका छन्। विद्यालयका संस्थापक प्रिन्सिपल राजेन्द्रप्रसाद फुयाँलका अनुसार, ‘गुणस्तरीय, संस्कारयुक्त शिक्षा तथा व्यवहारिक ज्ञान प्रदान गर्ने हाम्रो प्रतिबद्धता हो। त्यसैले हामीले न्यूनतम शुल्कमा उच्चस्तरीय शिक्षा दिने नीति लिएका छौँ।’

विद्यालयको अध्ययन–अध्यापन गुणस्तरीय मात्र होइन, नतिजामा पनि उत्कृष्ट छ। २०६२ सालदेखि विद्यालयले एसएलसी तथा एसईई परीक्षामा तारकेश्वरकै उत्कृष्ट नतिजा ल्याउँदै आएको छ। सन् २०७० को एसएलसी परीक्षामा गल्र्सतर्फ काठमाडौं जिल्लामै पहिलो स्थान हासिल गरेको विद्यालयले २०७१ मा पनि जिल्लाकै उत्कृष्ट नतिजा निकालेको थियो। त्यस्तै, २०८१ को कक्षा ८ को बिएलई परीक्षामा ७२ जना विद्यार्थीले १०० प्रतिशत सफलता हासिल गर्दै नगरपालिकामै प्रथम स्थान हासिल गरेका थिए। उक्त परीक्षामा छात्रा इमरान उचैले सर्वाधिक जीपीए ३.९३ ल्याएकी थिइन्।

न्यून शुल्कमा गुणस्तरीय शिक्षा दिन सफल यस विद्यालयमा अहिले ७५० भन्दा बढी विद्यार्थी अध्ययनरत छन्। यहाँ करिब ८५ जना शिक्षक तथा कर्मचारी कार्यरत छन् भने अधिकांश शिक्षकहरू अनुभवी, दक्ष तथा अनुसन्धानात्मक विधिबाट पढाउन माहिर छन्। विद्यालयले विद्यार्थीलाई उत्कृष्ट बनाउने उद्देश्यले शिक्षकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराएको छ, जसमा शिक्षकबाट ११ प्रतिशत र विद्यालयबाट २० प्रतिशत गरी जम्मा ३१ प्रतिशत रकम जम्मा हुन्छ।

सृजना ज्ञानसागर विद्यालयले शिक्षाको आधुनिक एवं प्रभावकारी ‘फाइभ–इ मोडल’ अपनाएको छ। यसमा विद्यार्थीहरूलाई स्मार्ट बोर्ड, अडियो–भिजुअल तथा कम्प्युटर शिक्षण पद्धतिबाट व्यवहारिक रूपमा अध्यापन गराइन्छ। साथै विद्यालयमा बालमैत्री वातावरण, आधुनिक पूर्वाधार, सुबिधायुक्त लाइब्रेरी, आइसीटी ल्याब, गणित ल्याब, तथा सफा र स्वादिष्ट क्यान्टिनको व्यवस्था छ।

विद्यालयले अतिरिक्त क्रियाकलापलाई पनि विशेष प्राथमिकता दिएको छ। फुटबल, बास्केटबल, भलिबल, टेबल टेनिस, तेक्वान्दो, योग, संगीत, नृत्य तथा फाइन आर्टलगायत विधामा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका प्रशिक्षकहरू राखिएको छ। राष्ट्रिय खेलाडी अनिल गुरुङ फुटबल प्रशिक्षकका रूपमा विद्यालयमा हप्ताको चार दिन नियमित उपस्थित भएर प्रशिक्षण दिन्छन्। यस्तै टेबल टेनिस प्रशिक्षकमा प्रवल गोरखा दक्षिणबाहु विजेता सन्ध्या शाक्य, बास्केटबल प्रशिक्षकमा राष्ट्रिय प्रशिक्षक आशिष महर्जनलगायत अनुभवी प्रशिक्षकहरू कार्यरत छन्।

विद्यालयले आफ्नो शैक्षिक दर्शनअनुरूप विद्यार्थीहरूको जीवनमा सात आयामहरूलाई जोड दिएको छ। यसअन्तर्गत पारिवारिक सम्बन्धको कला, पेसा तथा व्यवसायको सबलीकरण, व्यक्तिभित्रको वास्तविक रुचि, मानसिक स्वास्थ्य, सामाजिक उत्तरदायित्व तथा आध्यात्मिक विकासलाई जोड दिइएको छ। विद्यालयमा कक्षा ७ देखि ९ सम्म श्रीमद्भागवत गीताको वाचन गराउनुका साथै त्यसको जीवनोपयोगी अर्थ र व्याख्या समेत दिइन्छ।

विद्यालयका प्लस टु कोअर्डिनेटर हरिहर सिलवालका अनुसार, ‘हाम्रो विद्यालयमा एउटा सेक्सनमा २५ जना भन्दा बढी विद्यार्थी राखिँदैन। यसबाट विद्यार्थीले भरपूर रुपमा शिक्षकहरूसँग प्रत्यक्ष सम्पर्क गरेर पढ्न पाउँछन्।’ उनले नुवाकोट, रसुवा र धादिङ जिल्लाका विद्यार्थीहरूलाई विज्ञान संकायमा विशेष छात्रवृत्ति तथा सहुलियतको व्यवस्था गरिएको जानकारी दिए।

यस स्कुलले प्लस टु तह अध्ययन पूरा गर्ने विद्यार्थीलाई अतिरिक्त रूपमा पब्लिक स्पिकिङ, अफिस म्यानेजमेन्ट, कम्युनिकेसन, लिडरसिप लगायत १२ वटा स्किल सम्बन्धी सर्टिफिकेटहरू प्रदान गर्छ। यसले विद्यार्थीलाई व्यावसायिक तथा व्यवहारिक ज्ञान हासिल गर्न थप सहज बनाएको छ।

विद्यालयका संस्थापक प्रिन्सिपल फुयाँलका अनुसार, ‘सृजना ज्ञानसागर उत्तर काठमाडौं क्षेत्रकै सबैभन्दा कम शुल्कमा विज्ञान अध्ययन गर्ने उत्कृष्ट विद्यालय बनेको छ। गुणस्तर र संस्कारलाई जोडेर अघि बढ्दा विद्यार्थी र अभिभावकको पहिलो रोजाइ बन्न सफल भएका छौँ।’

विद्यालयले ‘शिक्षामा गुणस्तरीयता, जीवनमा सुन्दरता हाम्रो प्रतिबद्धता’ भन्ने नारालाई आत्मसात गर्दै अन्तर्राष्ट्रिय स्तरको आइएसओ प्रमाणपत्र तथा आइएसए अवार्ड (२०२०–२०२३) समेत प्राप्त गरेको छ। यसले विद्यालयको शैक्षिक गुणस्तरमा थप विश्वसनीयता प्रदान गरेको छ।

आर्थिक रूपमा न्यून शुल्क, गुणस्तरीय शिक्षा, अनुभवी शिक्षक टोली, आधुनिक तथा सुविधा सम्पन्न भौतिक पूर्वाधारका कारण सृजना ज्ञानसागर विद्यालय विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीहरूको पहिलो रोजाइमा परेको छ। विशेषगरी उत्तरी काठमाडौं तथा नुवाकोट, रसुवा र धादिङबाट विज्ञान विषय पढ्न चाहने विद्यार्थीका लागि यो विद्यालय आर्थिक तथा शैक्षिक दृष्टिकोणले उपयुक्त विकल्प साबित भएको छ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #रसुवा र धादिङबासीका लागि यस्तो अफर, #सृजना ज्ञानसागर तारकेश्वरकै सस्तो विज्ञान कलेज : नुवाकोट


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Partly Cloudy
5:17 am7:02 pm +0545