अजिमा समर स्काउट मिट २०८२ सञ्चालन
काठमाडौं। अजिमा समर स्काउट मिट – २०८२ सञ्चालन भएको छ । अजिमा स्काउट कृयुले मानसिंह धर्म स्काउट ट्रुपसँगको सहकार्यमा काठमाडौंको तारकेश्वर नगरपालिकाका विभिन्न विद्यालयमा उक्त कार्यक्रम सञ्चालन गरेको हो ।
नगरपालिकाको वडा नं. १० स्थित मानसिंह धर्म माध्यामिक विद्यालय (मा.वि.) मा ट्रुपका स्काउटरहरुलाई लक्षित गरेर कृयुले यहि असार ३१ गतेदेखि सप्ताहव्यापी समर मिट संचालन गरेको अजिमा स्काउट कृयुका अध्यक्ष एवं मानसिंह धर्म स्काउट ट्रुपका सदस्यसचिव जितेन श्रेष्ठले जानकारी दिनुभयो ।
अध्यक्ष श्रेष्ठको सभाध्यक्षतामा सञ्चालन भइरहेको सो कार्यक्रम आउँदो श्रावण ५ गतेसम्म जारी रहनेछ । सो कार्यक्रममा मानसिंह धर्म स्काउट ट्रुप र कालिकाशरण स्काउट टूपबाट गरी कुल ८० जना स्काउटरहरुले सक्रिय सहभागीता जनाइरहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
हरेक दिन दुई चरणमा सञ्चालन हुने उक्त कार्यक्रममा पहिलो दिनको प्रथम चरणमा योग प्रशिक्षक समुन्द्र प्रसाद तिमिल्सीनाद्धारा योग प्रशिक्षण गराइएको व्यवस्थापक सागर नेपालले बताउनु भयो । उहाँका अनुसार सोही दिन दोश्रो चरणको कार्यक्रयमा स्काउट मास्टर जितेन श्रेष्ठद्धारा स्काउट शिक्षा सम्बन्धि पुनर्ताजकी प्रशिक्षण गराइएको थियो ।
दैनिक योग प्रशिक्षणलाई अनिवार्य गरिने सो कार्यक्रमको दोश्रो चरणमा भने मिडियासँग सम्बन्धित जानकारी, प्राथमिक स्वास्थ्य उपचार, वित्तिय साक्षरता, कानुनी परामर्श जस्ता विविध विषयमा प्रशिक्षण गराईने व्यवस्थापक नेपालको भनाई छ ।
छात्र र छात्रा दुबै समुहका स्काउटरहरुलाई मानसिक, शारिरीक, सामाजिक, संवेगात्मक र आध्यात्मिक पक्षबाट स्वस्थ्य बन्ने कला सिकाउनको लागि यस प्रकारको कायक्रमको आयोजना गरिएको आयोजकले जनाएका छन् । साथै विद्यार्थी स्काउटरहरुको बर्खे बिदाको समयलाई सदुपयोग गरी उनीहरुको व्यक्तित्व तथा नेतृत्व विकास अभिवृद्धि गराउने उद्देश्यले सो अजिमा समर स्काउट मिट – २०८२ को आयोजना गरिएको अध्यक्ष जितेन श्रेष्ठले बताउनुभयो ।
अजिमा स्काउट कृयुले स्काउटर छात्र तथा छात्राहरुका लागि सञ्चालन गरेको यस प्रकारको कार्यक्रमले बालबालिकामा योग अभ्यास, स्वास्थ्य सचेतता, सञ्चार र मिडिया साक्षरता, प्राथमिक उपचार, वित्तिय साक्षरता र कानुनी सचेतना सम्बन्धी आधारभूत जानकारी प्रदान गर्दछ ।
यसले उनीहरुमा आत्मविश्वास, अनुशासन, सामाजिक सचेतना र आत्मनिर्भरताको भावना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने देखिन्छ । सचेत र जिम्मेवार बन्ने आधार तयार गर्छ भने उनीहरुमा आत्मरक्षा र जीवन कौशलको पनि विकास गर्दछ साथै दीर्घकालिन रुपमा स्वस्थ, अनुशासित, सचेत र जिम्मेवार नागरिक निर्माणमा समेत योगदान पुग्दछ ।
अजिमा स्काउट कृयुले बालबालिकाहरुको बहुआयामिक विकास र सचेत नागरिक निर्माणका लागि चालेको यो कदम निकै प्रशंसनिय र स्रह्रानीय छ । यसमा स्थानीय सरकारको पनि समन्वय र सहकार्य रहने हो भने यसको सकारात्मक प्रभाव अझ व्यापक हुन सक्छ ।
तसर्थ यस्ता कार्यक्रम गर्ने संस्थालाई र कार्यक्रमहरुलाई स्थानीय सरकारले समेत साझेदारी गर्नु उत्तम हुन्छ ।
क्याटेगोरी : समाचार
ट्याग : #अजिमा समर स्काउट मिट २०८२ सञ्चालन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्