‘ग्लोबल आइएमई समुन्न योजना–२’ को इकाइमा आवेदन दिने म्याद थप
काठमाडौं । ग्लोबल आईएमई क्यापिटल लिमिटेडले २२ गतेदेखि बिक्रीमा ल्याएको ‘ग्लोबल आइएमई समुन्न योजना–२’ को इकाइमा आवेदन दिने म्याद थप भएको छ ।
अब लगानीकर्ताले साउन ४ गते आवेदन दिन सक्नेछन् । यसअघि कम्पनीले आज (असार २५) सम्म मात्रै आवेदन दिन पाइने भने पनि पर्याप्त आवेदन नपरेपछि म्याद थप गरिएको हो ।
ग्लोबल आइएमई बैंक लिमिटेड कोष प्रवर्द्धक तथा ग्लोबल आइएमई क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको ग्लोबल आइएमई म्युचुअल फण्डअन्तर्गतको यो योजनाको आकार १ अर्ब २० करोड रूपियाँको छ । जसअनुसार प्रतिइकाइ १० अंकित दरका १२ करोड इकाइ निष्कासन भइरहेको छ ।
जसमध्ये १८ लाख इकाइ योजना व्यवस्थापक ग्लोबल आइएमई बैंकलाई र कोष प्रवर्द्धक ग्लोबल आइएमई क्यापिटललाई १ करोड ६२ लाख इकाइ सुरक्षित गरिनेछ ।
यसरी बाँकी रहेको १० करोड २० लाख इकाइ सर्वसाधारणका लागि बिक्री गरिनेछ । लगानीकर्ताले न्यूनतम १०० इकाइदेखि अधिकतम १ करोड २० लाख इकाइसम्म आवेदन दिन पाउनेछन् ।
बन्दमुखी यस योजनाको कुल निष्कासनमध्ये बिक्री अवधिभर न्यूनतम बिक्री हुनुपर्ने ६ करोड वा कुल बिक्री हुनुपर्नेछ । बिक्री हुन नसकेमा योजना खारेज गरी १५ दिनभित्र आवेदकको रकम फिर्ता गरिनेछ ।
क्याटेगोरी : समाचार
ट्याग : #‘ग्लोबल आइएमई समुन्न योजना–२’ को इकाइमा आवेदन दिने म्याद थप, #breaking
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्