Techie IT
मंगलबार, असार २४,२०८२

कामनपाको स्रोत अनुमान समिति बैठक आजै बोलाउने तयारी, गुरागाईं भन्छन्– म ‘ब्याक’ हुन्न


काठमाडौं । काठमाडौं महानगरपालिकाको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठक आज बोलाउने तयारी गरिएको छ । बैठकका लागि सबै तयारी गरिसकेको महानगरका सहायक प्रवक्ता ध्रुव काफ्लेले जानकारी दिए ।

“आज बैठक बस्ने तयारी छ । हामीले कर्मचारीको तर्फबाट गर्नुपर्ने तयारी गरिसकेका छौँ । समितिको बैठक बसेपछि मात्रै कार्यपालिका बैठकको मिति तय हुन्छ,” उनले भने ।

महानगरको ३२ नम्बर वडाकी सदस्य हिरादेवी पोखरेलले बैठकको समय टुंगो नलागेको जानकारी दिइन् । “आजै बस्ने भन्ने छ । तर, कति बजे बस्ने भनेर टुंगो लागिसकेको छैन,” उनले भनिन् ।

स्रोत अनुमान समितिका सदस्य–सचिव प्रमुख प्रशासकीय अधिकृत हुने व्यवस्था छ । तर, महानगरका मेयर बालेन शाह प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई राखेर बैठकमा बस्न तयार छैनन् ।

बालेन गुरागाईंलाई बिदामा राख्ने र निमित्त तोकेर बजेट ल्याउने कसरतमा छन् । गुरागाईं भने आफू पछाडि हट्ने कुनै कारण नरहेको बताउँछन् ।

“मलाई बैठकबारे केही खबर आएको छैन । म ‘ब्याक’ हुने कुनै कारण छैन । म बिदामा बस्नका लागि त कारण चाहियो नि,” उनले भने ।

स्थानीय तहले असार १० सम्ममा बजेट पेस गर्नुपर्ने प्रावधान छ । तर, सात महिना लामो विवादका कारण काठमाडौं महानगरमा कार्यपालिका बैठक समेत बस्न सकेको छैन । बैठक नबस्दा महानगरको बजेट अन्योलमा छ ।

कार्यपालिका बैठक बोलाएपछि मात्रै नगरसभा हुन्छ । कार्यपालिका बैठकमा सदस्यसचिव प्रमुख प्रशासकीय अधिकृत हुने व्यवस्था छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कामनपाको स्रोत अनुमान समिति बैठक आजै बोलाउने तयारी, #गुरागाईं भन्छन्– म ‘ब्याक’ हुन्न


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Thunderstorm
5:13 am7:04 pm +0545