कामनपाको स्रोत अनुमान समिति बैठक आजै बोलाउने तयारी, गुरागाईं भन्छन्– म ‘ब्याक’ हुन्न
काठमाडौं । काठमाडौं महानगरपालिकाको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठक आज बोलाउने तयारी गरिएको छ । बैठकका लागि सबै तयारी गरिसकेको महानगरका सहायक प्रवक्ता ध्रुव काफ्लेले जानकारी दिए ।
“आज बैठक बस्ने तयारी छ । हामीले कर्मचारीको तर्फबाट गर्नुपर्ने तयारी गरिसकेका छौँ । समितिको बैठक बसेपछि मात्रै कार्यपालिका बैठकको मिति तय हुन्छ,” उनले भने ।
महानगरको ३२ नम्बर वडाकी सदस्य हिरादेवी पोखरेलले बैठकको समय टुंगो नलागेको जानकारी दिइन् । “आजै बस्ने भन्ने छ । तर, कति बजे बस्ने भनेर टुंगो लागिसकेको छैन,” उनले भनिन् ।
स्रोत अनुमान समितिका सदस्य–सचिव प्रमुख प्रशासकीय अधिकृत हुने व्यवस्था छ । तर, महानगरका मेयर बालेन शाह प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई राखेर बैठकमा बस्न तयार छैनन् ।
बालेन गुरागाईंलाई बिदामा राख्ने र निमित्त तोकेर बजेट ल्याउने कसरतमा छन् । गुरागाईं भने आफू पछाडि हट्ने कुनै कारण नरहेको बताउँछन् ।
“मलाई बैठकबारे केही खबर आएको छैन । म ‘ब्याक’ हुने कुनै कारण छैन । म बिदामा बस्नका लागि त कारण चाहियो नि,” उनले भने ।
स्थानीय तहले असार १० सम्ममा बजेट पेस गर्नुपर्ने प्रावधान छ । तर, सात महिना लामो विवादका कारण काठमाडौं महानगरमा कार्यपालिका बैठक समेत बस्न सकेको छैन । बैठक नबस्दा महानगरको बजेट अन्योलमा छ ।
कार्यपालिका बैठक बोलाएपछि मात्रै नगरसभा हुन्छ । कार्यपालिका बैठकमा सदस्यसचिव प्रमुख प्रशासकीय अधिकृत हुने व्यवस्था छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कामनपाको स्रोत अनुमान समिति बैठक आजै बोलाउने तयारी, #गुरागाईं भन्छन्– म ‘ब्याक’ हुन्न
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्