पूर्वराष्ट्रपति भण्डारी र काठमाडौं मेयर बालेनबिच भेटवार्ता
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबिच भेटवार्ता भएको छ ।
मेयर शाहले आज दिउँसो भण्डारीको निवास पुगेर भेट गरेका हुन् । बालेन निकट स्रोतका अनुसार उनीहरूबिच समसामयिक राजनीतिक तथा सामाजिक विषयमा छलफल भएको थियो ।
यद्यपि भेटमा उठेका विषयवस्तु सार्वजनिक गरिएको छैन । स्रोतका अनुसार भेट ‘शिष्टाचार तथा विचार आदानप्रदान’का लागि भएको हो ।
पूर्वराष्ट्रपति भण्डारीले केही दिनअघि मात्रै आफू नेकपा एमालेको राजनीतिमा सक्रिय हुने घोषणा गरेकी थिइन् । मेयर शाह भने स्वतन्त्र हैसियतमा काठमाडौं महानगरपालिकाको नेतृत्व गरिरहेका छन् ।
दुवै व्यक्तित्वको यो भेटलाई राजनीतिक सन्दर्भमा विशेष चासोका साथ हेरिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पूर्वराष्ट्रपति भण्डारी र काठमाडौं मेयर बालेनबिच भेटवार्ता
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्