ग्लोबल आइएमई समुन्नत योजना-२ म्युचुयल फण्डको बिक्री खुल्ला
काठमाडाैं । ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्ड आइतबारदेखि संघसंस्था तथा सर्वसाधारणका लागि सार्वजनिक निष्कासन तथा बिक्री खुल्ला भएको छ।
उक्त म्युचुयल फण्डको प्रति इकाई अंकित मूल्य १० रुपैयाँ दरको १२ करोड इकाई मध्य न्यूनतम बिक्री हुनुपर्ने ६ करोड वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाई मध्य योजना व्यवस्थापक कम्पनी ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई १.५ प्रतिशत वा १८ लाख इकाई तथा कोष प्रवर्द्धक कम्पनी ग्लोबल आइएमई बैक लिमिटेडका लागि १३.५० प्रतिशत वा एक करोड ६२ लाख इकाई बीज पुँजीको रूपमा रहने जनाइएको छ।
बाँकी न्यूनतम १० करोड २० लाख इकाईका लागि विभिन्न संघ संस्था/सर्वसाधारणका लागि सार्वजनिक निष्कासन तथा बिक्री खुल्ला भएको हो।
यस योजनामा संघ संस्था तथा सर्वसाधारणले न्यूनतम एक सय इकाई र अधिकतम एक करोड २० लाख इकाईको आवेदन दिन सक्ने जनाइएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #ग्लोबल आइएमई समुन्नत योजना-२ म्युचुयल फण्डको बिक्री खुल्ला
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्