Techie IT
बुधबार, साउन १,२०८२

एमालेमा ९८ प्रतिशत पालिका र ९० प्रतिशत वडाको अधिवेशन सम्पन्न


काठमाडौं । नेकपा एमालेले प्रदेश र सबै जिल्लाका अधिवेशन सम्पन्न गरेको छ । स्थानीय तहतर्फ ९८ प्रतिशत पालिका,९० प्रतिशत वडा र ५० प्रतिशत टोल कमिटीका अधिवेशन सकिएको महासचिव शंकर पोखरेलले जानकारी दिएका छन् ।

महासचिव पोखरेलले निर्वाचन सबै प्रदेश कमिटीसँगको बैठकपछि आज पार्टी निर्वाचन आयोगको बैठकको रिर्पोटिङको आधारमा सो कुरा उल्लेख गरेका हुन् ।

सामाजिक सञ्जालमा निर्धारित समयमा नै अधिवेशनहरू सम्पन्न गरेकोमा निर्वाचन आयोगलाई पोखरेलले धन्यवाद ज्ञापन गर्नुभएको छ । निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाका अनुसार पालिका तर्फ बढीमा १० वटा कमिटीको अधिवेशन गर्न बाँकी रहेको छ ।

ती अधिवेशनहरू विभिन्न कारणले रोकिएका छन् । पार्टीको आन्तरिक व्यवस्थापनपछि तत्काल तिनीहरूको अधिवेशन सक्ने सुब्बाले जानकारी दिए ।

यसै गरी करिब ६ हजार वडाका अधिवेशनहरु सकिएका छन् । बाँकी रहेकाहरूको पनि विधान महाधिवेशन भन्दा पहिला नै सक्ने गरी काम अघि बढाएको छ ।

महासचिव पोखरेलले निर्वाचन आयोगको व्यवस्थापनमा प्रदेश,जिल्ला र जनसंगठनका अधिवेशनहरू सम्पन्न गरेकोमा आयोगलाई धन्यवाद दिएका छन् । पार्टीका २३ वटा जनसंगठन मध्ये १६ वटाको महाधिवेशन सम्पन्न भइसकेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #एमालेमा ९८ प्रतिशत पालिका र ९० प्रतिशत वडाको अधिवेशन सम्पन्न


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:17 am7:02 pm +0545