कम्युनिस्ट आन्दोलन नबुझेकाले गौतमको नकारात्मक प्रचार गर्न खोज्दै
काठमाडौँ, वैशाख । नेपाल कम्युनिष्ट आन्दोलनमा वामदेव गौतमको भूमिका महत्वपूर्ण रहेको नेकपाका जेष्ठ कम्युनिस्ट मंचका सचिव गोविन्द ज्ञवालीले बताएका छन् ।
उनले प्रकाशन गरेको ‘मेरो जीवनको यात्रा’ पुस्तकमा गौतमको भूमिका अहिलेको नेकपा बनाउदा होस् वा एमाले बनाउदा होस् त्यतिकै रहेको बताएका छन् । उनले गौतमको बारेमा नबुझेकाले मात्र नकारात्मक प्रचार गर्ने गरेको बताएका छन् ।
‘आजकाल जसरी बामदेब गौतम नकारात्मक रुपमा प्रचार गरिन्छ । ती कम्युनिस्ट आन्दोलन नबुझेका अबुझ हुन,’ उनले पुस्तकमा गौतमबारे भनेका छन, ‘कि उनीहरू बामदेब गौतमको चरित्र हत्या गर्न सक्रिय कम्युनिस्ट आन्दोलन बिरोधि दलाल । जसरी कम्युनिस्ट पार्टी अन्य नेताको छ त्यति नै बामदेब गौतमको भूमिका छ ।’
पुस्तकमा उनले २०४४ पुस २३ नेपाल कम्युनिस्ट पार्टी (माले)र नेपाल कम्युनिस्ट पार्टी (माक्र्सवादी )पार्टी एकता गर्ने निर्णय, नेपाल कम्युनिस्ट पार्टी (माले)र नेपाल कम्युनिस्ट पार्टी (माक्र्सवादी) १४ र १४ जना गरि २८ सदस्यीय केन्द्रिय कमिटी बनाउने निर्णय कुरामा गौतमको निर्णयको कारणले भएको उल्लेख गरेका छन् ।
गौतमको पहलमा नै तत्कालिन एमालेको अध्यक्षमा मनमोहन अधिकारी र महासचिव मदन भण्डारीलाई राखिएको थियो । त्यतिवेला महासचिव मात्र राख्ने विधानमा उल्लेख भएपनि मनमोहनलाई सम्मान दिनका लागि गौतमले नै अध्यक्ष राख्ने सहमति गरेका थिए ।
सिपी मैनालीको कम्युनिस्ट पार्टी अध्यक्ष र महासचिव राख्नु हुँदैन मत राखेका थिए भने त्यसको समर्थन राधाकृष्ण मैनालीले गरेका थिए । मनमोहन अधिकारी महासचिव बनाउने प्रस्ताव रहेको थियो तर त्यसप्रस्ताव उपर बैठक अध्यक्षता गरिरहनु भएका मनमोहन अधिकारी मौनता जनाएका थिए ।
यसैगरी पार्टी नाम नेपाल कम्युनिस्ट पार्टी एमाले राख्ने निर्णयमा पनि गौतमले गरेको पुस्तकमा उल्लेख गरिएको छ ।
तत्कालीन माले अल्पमतमा
त्यसपछि धोका भएको भन्दै बैठकबाट मदन भण्डारी ,जीवराज आश्रित,माधव नेपाल बामदेब गौतमले नेताहरु बैठक बाट निस्केका थिए । साहना प्रधान सक्रियतामा पुस्तकका लेखक ज्ञवालीले गौतमसँग पहिला भएको सहमतिमा इमानदार भएको सन्देश दिन अध्यक्ष र महासचिवको प्रस्तावको निर्णय गराएका थिए ।
त्यसपछि गौतमको सक्रियता र साहना प्रधानको प्रस्तावमा मनमोहन अधिकारी अध्यक्ष र मदन भण्डारी महासचिव बनेको पुस्तकमा उल्लेख गरिएको छ । यसरी पार्टी सहमति भएर बैठक बस्दा मतभिन्नता भएको थियो । र पार्टी एकता नहुनेसम्मको स्थिति आएको थियो । सो समयमा नेपाल कम्युनिस्ट पार्टी (माले) तर्फबाट बामदेब र नेपाल कम्युनिस्ट पार्टी (माक्र्सवादी )तर्फबाट साहना प्रधानको भुमिका महत्वपूर्ण रहेको कुरा पुस्तकमा उल्लेख गरिएको छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज, राजनीति, विशेष, समाचार
ट्याग : #वामदेव गौतम
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्