श्रमदानको भुक्तानी रोकिएपछि प्रशासकीय अधिकृतलाई हर्क साम्पाङले सोधे स्पष्टीकरण
धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले श्रमदानको रकम भुक्तानी रोकिएको विषयमा प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चौलागाईँलाई स्पष्टीकरण सोधेका छन् ।
बहुभाषिक पाठशाला नजिकै टटबन्ध निर्माणमा तारजाली लगाउने कार्यको आफैँले सम्झौता गरी सबै प्रक्रिया पूरा भएको, सार्वजनिक परीक्षणसमेत भइसकेको अवस्थामा भुक्तानी नदिनुको कारण पेश गर्न भन्दै साम्पाङले विहीबार लिखित स्पष्टीकरण सोधेका हुन् ।
उनले अन्य योजनाको भुक्तानी नहुने देखिए आउने असहज परिस्थिति के-कसरी समाधान गर्नुहुन्छ रु भन्दै प्रशासकीय अधिकृतलाई लिखित जानकारी दिन चेतावानीयुक्त भाषामा निर्दशन पनि दिएका छन् ।

बहुभाषिक पाठशालामा गरिएको श्रमदान कार्यको बील पेस गर्न लगाइ आसेपासेलाई डोर हाजिरी फाराम भराएर रकम भुक्तानी दाबी गरिएको मेयरमाथि आरोप छ ।
अनुगमन समितिका संयोजकसमेत रहेका उपमेयर आइन्द्रविक्रम बेघाले निकासा रोकेपछि पछिल्लो समय यहाँ मेयर(उपमेयरबीच विवाद चुलिएको छ । केहीदिनअघि साम्पाङका समर्थकहरूले उपमेयरमाथि हातपात प्रयाससमेत गरेका थिए । यही कारण धरानले नयाँ बजेट पनि ल्याउन सकेको छैन ।
‘उपमेयरको पत्रकार सम्मेलनको जवाफ’ भन्दै साम्पाङले आज बिहानै प्रमुख प्रशासकीय अधिकृतलाई सोधिएको स्पष्टीकरणको पत्र फेसबुकमा सार्वजनिक गरेका छन् ।

क्याटेगोरी : समाचार
ट्याग : #breaking, #श्रमदानको भुक्तानी रोकिएपछि प्रशासकीय अधिकृतलाई हर्क साम्पाङले सोधे स्पष्टीकरण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा

तपाईको कमेन्ट लेख्नुहोस्