Techie IT
शनिबार, असार २१,२०८२

तारकेश्वर नगरपालिकाद्वारा SEE मा उत्कृष्ट नतिजा ल्याउने १७ जना विद्यार्थीलाई सम्मान


काठमाडौं, असार २० । माध्यमिक शिक्षा परीक्षा (SEE) २०८१ मा उत्कृष्ट नतिजा ल्याउने तारकेश्वर नगरपालिकाभित्रका १७ जना विद्यार्थीलाई आज एक कार्यक्रमका बीच सम्मान गरिएको छ। नगर प्रमुख कृष्ण हरि महर्जन र उपप्रमुख सृजना बुर्लाकोटी अर्यालले सामुदायिक विद्यालयका विद्यार्थीलाई ल्यापटपसहित १ लाख रुपैयाँ नगद तथा संस्थागत विद्यालयका विद्यार्थीलाई ल्यापटपसहित ५० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरी सम्मान गर्नुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ईश्वर प्रसाद आचार्य, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, शाखा प्रमुखहरू, शिक्षक, विद्यार्थी, अभिभावक र पत्रकारहरूको उपस्थिति रहेको थियो। शिक्षा विकास तथा समन्वय इकाइ, काठमाडौंका अनुसार वडा नं. ५ स्थित पृथ्वी नारायण मावि काठमाडौं जिल्लाकै सामुदायिक विद्यालयमध्ये पहिलो स्थानमा रहँदै शतप्रतिशत नतिजा दिन सफल भएको छ ।

यस्तै, फुटुङ मावि सातौँ, जितपुर मावि नवौँ र काभ्रेस्थली मावि अठारौँ स्थानमा पर्न सफल भएका छन्। तारकेश्वर नगरपालिकाका चारवटा सामुदायिक विद्यालयले काठमाडौं जिल्लाभित्र शतप्रतिशत नतिजा ल्याउँदै सर्बोत्कृष्ट विद्यालयका रूपमा आफ्नो स्थान सुरक्षित गरेका छन् ।

नगरपालिका परिवारले सम्पूर्ण प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, अभिभावक तथा विद्यालय परिवारलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #तारकेश्वर नगरपालिकाद्वारा डेङ्गु नियन्त्रणलाई चार अभियान सञ्चालन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Mostly Cloudy
5:11 am7:04 pm +0545