Techie IT
शनिबार, असार २१,२०८२

विद्युत् प्राधिकरणका लागि अर्थले दियो १० अर्ब ऋण स्वीकृत


काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका लागि अर्थ मन्त्रालयले १० अर्ब ऋण लिन स्वीकृत दिएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशन हितेन्द्रदेव शाक्यले प्राधिकरणले लिन लागेको १० अर्ब ऋणको लागि अर्थ मन्त्रालयले स्वीकृत दिएको बताए ।
अब प्राधिकरणले यहीँ आर्थिक वर्षमा लोन लिएर तिर्नुपर्ने ठाउँ तिर्ने छ ।

शाक्यले  भने, ‘विद्युत् प्राधिकरणका लागि अर्थ मन्त्रालयले १० अर्ब ऋण लिनका लागि स्वीकृत दिएको छ । अब बैंकसँग कोटेसन मागेर लोन लिने छौँ । चालू आर्थिक वर्षमा नै लोन लिएर तिर्नुपर्ने ठाउँमा प्राधिकरणले भुक्तानी दिने छ ।’

शाक्यका अनुसार प्राधिकरणले वन र ठेक्का लगायतको करिब १४ अर्ब भुक्तानी गर्नुपर्ने छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #विद्युत् प्राधिकरणका लागि अर्थले दियो १० अर्ब ऋण स्वीकृत


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Drizzle
5:11 am7:04 pm +0545