टोखाले डिजिटल सेवा प्रवाहमा फड्को मार्दै: बिसी भन्छन् ‘अब हरेक घरमा डिजिटल ठेगाना पुग्छ’
काठमाडौं, २० असार । टोखा नगरपालिकाले डिजिटल प्रविधिमा आधारित ‘एकीकृत मेट्रिक ठेगाना प्रणाली’ र ‘मोबाइल एप’ निर्माण गरी सेवा प्रवाहमा नयाँ थालनी गरेको छ। शुक्रबार आयोजना गरिएको अन्तिम कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले यो प्रणालीले टोखाको सेवा प्रवाहलाई प्रभावकारी र सहज बनाउने बताएका छन् ।
बिसीले डेढ वर्षको निरन्तर मेहनतपछि यो प्रणाली निर्माण सम्पन्न भएको उल्लेख गर्दै अब प्रत्येक घरमा डिजिटल नम्बर प्लेट वितरण गर्ने तयारी पूरा भएको बताए। ‘यो केवल नम्बर प्लेट वितरण गर्ने योजना मात्रै होइन, यसको मुख्य उद्देश्य घर-घरमा नगरपालिकाका सेवा पुर्याउने हो,’ उनले भने।
यस प्रणाली अन्तर्गत ड्रोन प्रयोग गरेर घर घरमा डेटा सङ्कलन गरिएको र सबै सडकको नामकरण गरेर डिजिटल प्रोफाइल बनाइएको जानकारी पनि उनले दिए। उनले भने, ‘हामीसँग प्रत्येक घरको भौगोलिक विवरण, परिवारको तथ्याङ्क र डिजिटल पहिचान तयार भएको छ। अब नगरपालिकाले यो डाटालाई सेवा प्रवाह, विपद् व्यवस्थापन तथा विकास योजनामा प्रयोग गर्नेछ।’
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बिसीले डिजिटल प्रविधिमा आधारित प्रणाली प्रयोग गर्न नगरपालिकाको सूचना प्रविधि शाखालाई तत्काल बलियो बनाउनुपर्ने आवश्यकता औँल्याए। उनले भने, ‘सूचना प्रविधि शाखालाई सक्षम बनाउनै पर्छ, नभए यति ठूलो लगानीको औचित्य हुँदैन। अबको बजेटिङ र प्लानिङ यही प्रणालीमार्फत हुनेछ।’
नगरपालिकाले निर्माण गरेको मोबाइल एपबाट हरेक नागरिकले नगरपालिका कार्यालयसम्म सूचना पुर्याउन सक्ने बताए। उनले भने, ‘नगरपालिकाले मोबाइल एपमार्फत प्राप्त हुने समस्यालाई तत्काल सम्बोधन गर्नेछ।’
कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्षहरू, जनप्रतिनिधिहरु, कर्मचारी, सञ्चारकर्मी तथा परामर्शदाता संस्था Naxa-ConnectUs-DigiNirman JV का इन्जिनियर लगायतको सहभागीता रहेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #टोखाले डिजिटल सेवा प्रवाहमा फड्को मार्दै: बिसी भन्छन् ‘अब हरेक घरमा डिजिटल ठेगाना पुग्छ’
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्