शैलुनहरु बन्द भएपछि भृकुटीमण्डपमा पत्रकारले नै काट्छन पत्रकारको कपाल
काठमाडौं, २० वैशाख । कोरोना भाइरस (कोभिड १९) संक्रमण फैलिन नदिनका लागि देशमा लकडाउन जारी छ । लकडाउनका कारण अति आवश्यक पर्ने खाद्यान्न, औषधि लगायतका पसल बाहेक अन्य सेवा प्रदान गर्ने अधिकाँश निकायहरु बन्द छन् ।
कपाल काट्ने शैलुनहरु पनि बन्दकै अवस्थामा छन् । तर निरन्तर देश र जनताको सेवामा समर्पित पत्रकारहरुका लागि आफुले सकेको सहयोग गर्न एक पत्रकार भने एक हातमा कलम र अर्को हातमा कपाल काट्ने मेसिन लिएर फिल्डमा दौडधूप गर्दैछन् ।
पत्रकार टेकनाथ न्यौपानेले पत्रकारहरुको कपाल निःशुल्क रुपमा काट्ने काम गरिरहेको नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका अध्यक्ष शन्तराम बिडारीले बताए । अध्यक्ष बिडारीले भने, “टेकनाथ जीले पत्रकार साथीहरुको कपाल काट्न इच्छुक भएमा आफुसँग मेसिन र सिप दुबै भएको जानकारी शाखामा गराउनुभएकाले यसका लागि मैले साथीहरुलाई जानकारी गराएको हुँ ।” उनले थपे, “शाखाको समन्वयमा मिडिया मिशनका अध्यक्ष समेत रहेका पत्रकार न्यौपानेले मानवीय सेवाका भावले स्वस्फूर्त रुपमा कपाल काट्ने काम गर्नु भएको हो ।”
न्यौपानेले नेपाल पत्रकार महासंघ काठमाडौं शाखा कार्यालय परिसर भृकुटीमण्डपमा पत्रकाहरुको कपाल काट्ने कार्य गरेका हुन् । गत बिहीबारदेखि कपाल काट्ने कार्य सुरु भएको हो । पहिलो दिन आफुले एक सय जनाको कपाल काटेका न्यौपानेले बताए । न्यौपानले दोस्रो दिन करिव आधा दर्जनको कपाल काटेका थिए ।
यो कार्य अझै केही दिन जारी रहने जनाइएको छ । इच्छुक पत्रकारहरुलाई शाखामा सम्पर्क राख्न पनि आग्रह गरिएको छ ।
झिल्को बाट
क्याटेगोरी : समाचार
ट्याग : #पत्रकारको कपाल
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७पेप्सिकोलाको CBIA स्कुलको एसईई २०८१ मा ऐतिहासिक सफलता: २ विधार्थी ४ जी पी ए सहित ६५ विद्यार्थीमध्ये ५७ जनाको A+
- ८तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित






तपाईको कमेन्ट लेख्नुहोस्