इँटाभट्टामा काम गर्दै ४ जीपीए ल्याउने गोमा श्रेष्ठलाई भाटभटेनीले एमबीबीएससम्म पढाइदिने
काठमाडौं — बिहान बेलुका इँटाभट्टामा काम गर्दै एसईईमा ४ जीपीए ल्याएर प्रेरणादायी उदाहरण बनेकी गोमा श्रेष्ठको एमबीबीएससम्मको सम्पूर्ण अध्ययन खर्च भाटभटेनी समूहका अध्यक्ष तथा समाजसेवी मीनबहादुर गुरुङ र उनकी श्रीमती सावित्री गुरुङले व्यहोर्ने घोषणा गरेका छन्।
बिहीबार गोमालाई भाटभटेनी कार्यालयमा बोलाई गुरुङ दम्पतीले एक लाख रुपैयाँ नगद, एउटा ल्यापटप र सम्मानपत्रसहित भावी शैक्षिक यात्रा लागि शुभकामना व्यक्त गरे। गोमाको कक्षा ११ र १२ को अध्ययन सेन्ट जेभियर्स कलेज, माइतीघरमा गरिनेछ, जसको सम्पूर्ण खर्च पनि गुरुङले नै वहन गर्ने प्रतिबद्धता जनाएका छन्।
चाँगुनारायण नगरपालिका–८ सुडालस्थित इँटाभट्टामा काम गर्दै पढाइमा उत्कृष्टता देखाएकी गोमा बिहान–बेलुका इँटा सुकाउने काम गर्दागर्दै स्कुल जान्थिन्। उनले डाक्टर बन्ने सपना देखेकी थिइन् तर कमजोर आर्थिक अवस्था उनका लागि बाधा बनेको थियो। जब उनको कथा सार्वजनिक भयो, गुरुङ दम्पतीले शैक्षिक जिम्मेवारी लिने निर्णय गरे।
यसअघि पनि गुरुङले देशका विभिन्न दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्ययनका लागि सहयोग गर्दै आएका छन्। गोमा पनि अब त्यही प्रेरणादायी सूचीमा थपिएकी हुन्।
गुरुङ दम्पतीको यो सहयोगले गोमाको मात्र होइन, कयौँ संघर्षरत विद्यार्थीको सपना देख्न हिम्मत थप्ने विश्वास गरिएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #गोमा श्रेष्ठलाई भाटभटेनी समूहद्वारा एमबीबीएससम्म पढाइदिने
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्