इँटाभट्टामा काम गर्दै ४ जीपीए ल्याउने गोमा श्रेष्ठलाई भाटभटेनीले एमबीबीएससम्म पढाइदिने

काठमाडौं — बिहान बेलुका इँटाभट्टामा काम गर्दै एसईईमा ४ जीपीए ल्याएर प्रेरणादायी उदाहरण बनेकी गोमा श्रेष्ठको एमबीबीएससम्मको सम्पूर्ण अध्ययन खर्च भाटभटेनी समूहका अध्यक्ष तथा समाजसेवी मीनबहादुर गुरुङ र उनकी श्रीमती सावित्री गुरुङले व्यहोर्ने घोषणा गरेका छन्।
बिहीबार गोमालाई भाटभटेनी कार्यालयमा बोलाई गुरुङ दम्पतीले एक लाख रुपैयाँ नगद, एउटा ल्यापटप र सम्मानपत्रसहित भावी शैक्षिक यात्रा लागि शुभकामना व्यक्त गरे। गोमाको कक्षा ११ र १२ को अध्ययन सेन्ट जेभियर्स कलेज, माइतीघरमा गरिनेछ, जसको सम्पूर्ण खर्च पनि गुरुङले नै वहन गर्ने प्रतिबद्धता जनाएका छन्।
चाँगुनारायण नगरपालिका–८ सुडालस्थित इँटाभट्टामा काम गर्दै पढाइमा उत्कृष्टता देखाएकी गोमा बिहान–बेलुका इँटा सुकाउने काम गर्दागर्दै स्कुल जान्थिन्। उनले डाक्टर बन्ने सपना देखेकी थिइन् तर कमजोर आर्थिक अवस्था उनका लागि बाधा बनेको थियो। जब उनको कथा सार्वजनिक भयो, गुरुङ दम्पतीले शैक्षिक जिम्मेवारी लिने निर्णय गरे।
यसअघि पनि गुरुङले देशका विभिन्न दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्ययनका लागि सहयोग गर्दै आएका छन्। गोमा पनि अब त्यही प्रेरणादायी सूचीमा थपिएकी हुन्।
गुरुङ दम्पतीको यो सहयोगले गोमाको मात्र होइन, कयौँ संघर्षरत विद्यार्थीको सपना देख्न हिम्मत थप्ने विश्वास गरिएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #गोमा श्रेष्ठलाई भाटभटेनी समूहद्वारा एमबीबीएससम्म पढाइदिने
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
तपाईको कमेन्ट लेख्नुहोस्