विष्णु खडकाको नेतृत्वमा ५० लाखको छात्रवृत्ति अभियान
१९ असार, बर्दिवास – जीवनराज दाहाल
बर्दिवास उद्योग वाणिज्य संघका अध्यक्ष, समाजसेवी र प्रेरणादायी व्यक्तित्व विष्णु खड्का शिक्षा क्षेत्रमा पनि एक सशक्त नाम बनिरहेका छन् । आफ्ना दिवंगत आमाबुवाको सम्झनामा स्थापना गरिएको पदम-शमशेर स्मृति प्रतिष्ठानमार्फत उनले हालसम्म ५० लाखभन्दा बढीको लगानीमा छात्रवृत्ति अभियान सञ्चालन गरेका छन् ।
२०७७ सालदेखि सुरु गरिएको यो अभियानले बर्दिवास नगर क्षेत्रका आर्थिक रूपमा विपन्न, असहाय र शिक्षाबाट विमुख हुँदै गरेका विद्यार्थीहरूलाई फेरि उज्यालो भविष्यतर्फ फर्काइरहेको छ ।
शुरुमा प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थीहरूलाई प्राथमिकता दिइएको भए पनि हाल ११/१२ कक्षाका विद्यार्थीहरूलाई समेत समेट्ने निर्णय गरिएको छ । प्रतिष्ठानमार्फत कूल ३४ जनाले छात्रवृत्तिको सुविधा पाइरहेका छन्, जसमा धेरै विद्यार्थीहरू हाल रोजगारीमा आबद्ध भइसकेका छन् ।
अध्यक्ष खडकाका अनुसार एक जना विद्यार्थीको प्राविधिक शिक्षा पूरा गर्न औसतमा २ देखि ३ लाख रुपैयाँसम्म खर्च हुने गर्दछ । “वार्षिक २२ लाख रुपैयाँभन्दा बढी खर्चिए पनि यदि त्यो पैसाले कुनै विद्यार्थीको जीवन बदलिन्छ भने, त्योभन्दा ठूलो सन्तुष्टि अरु केही हुन सक्दैन,” खडकाले भने ।
हालै सार्वजनिक भएको एसईई नतिजापछि प्रतिष्ठानले नयाँ दरखास्त आह्वान गरिसकेको छ भने, उत्कृष्ट नतिजा ल्याउने दुई विद्यार्थीलाई थप छात्रवृत्ति दिने निर्णय गरिएको छ ।
समाजसेवामा नमुना बनेका विष्णु खड्काले व्यापार र सामाजिक उत्तरदायित्वलाई सँगसँगै अघि बढाउँदै बर्दिवासलाई शिक्षा र सेवाको केन्द्रका रूपमा उजागर गरिरहेका छन् ।
क्याटेगोरी : banner, ब्रेकिंग न्युज, विशेष, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति






तपाईको कमेन्ट लेख्नुहोस्