चर्चित हास्य कलाकार नेपाल पुनः बिज एजुकेशनका ब्रान्ड एम्बेसडर घोषित
प्रदीप ढकाल ,भक्तपुर
असार १८, बुधवार
भक्तपुर गठ्ठाघरमा अवस्थित शैक्षिक परामर्श संस्था बिज एजुकेशन कन्सल्टेन्सी ले चर्चित हास्य कलाकार जितु नेपाललाई आ.व. २०८२ र २०८३ का लागि पुनः ब्रान्ड एम्बेसडरको रूपमा घोषणा गरेको छ।
गठ्ठाघरस्थित जर्मन होम्स हस्पिटालिटी मा आयोजित विशेष कार्यक्रमबीच जितु नेपालले कन्सल्टेन्सीको तर्फबाट ब्रान्ड एम्बेसडरको सम्झौतापत्रमा हस्ताक्षर गरे। कार्यक्रममा बोल्दै उनले सही परामर्शको अभावले धेरै नेपाली विद्यार्थीहरू विदेश अध्ययनको यात्रामा दुःख भोग्न बाध्य भएको उल्लेख गर्दै, बिज एजुकेशन कन्सल्टेन्सी जस्ता भरपर्दो संस्थाहरूको भूमिका अझ जिम्मेवारी पूर्वक हुनु आवश्यक रहेको बताए।
उनी भन्छन्, “विदेश जान चाहने नेपाली विद्यार्थीहरूलाई मार्गदर्शन गर्ने संस्थाले साँचो प्रतिबद्धता देखाउनु जरुरी छ। म यसपटक पनि बिज एजुकेशनसँग जोडिन पाउँदा खुसी छु।”
बिज एजुकेशन कन्सल्टेन्सी विगत केही वर्षदेखि नेपाली विद्यार्थीहरूलाई युके, अष्ट्रेलिया, अमेरिका लगायत प्रमुख गन्तव्य देशहरूमा अध्ययन गर्न सहयोग गर्दै आएको संस्था हो। यस संस्थाको मुख्य कार्यालय भक्तपुर (गठ्ठाघर) मा रहेको छ भने पुतलीसडक, अष्ट्रेलिया र युकेमा समेत शाखा सञ्चालनमा छन्।
कन्सल्टेन्सीले पारदर्शिता, इमान्दार सेवा, विद्यार्थीको भविष्यप्रति समर्पित सोच, र गुणस्तरीय सल्लाह प्रणालीलाई आफ्नो मुख्य मूल्य मान्दै आएको बताएको छ।
हास्य कलाकारका रूपमा ‘मेरी बास्सै’, ‘जिरे खुर्सानी’, ‘हिजो आजका कुरा’ जस्ता लोकप्रिय टेलिश्रृंखलाबाट चिनिएका जितु नेपाल नेपाली चलचित्र निर्देशन, अभिनय र सामाजिक अभियानमा समेत सक्रिय छन्। शैक्षिक चेतना फैलाउन पनि उनी निरन्तर लागिरहेकाले बिज एजुकेशनले उनको लोकप्रियता, इमान्दार छवि, र सामाजिक सरोकारलाई मध्यनजर गर्दै पुनः ब्रान्ड एम्बेसडरको जिम्मेवारी प्रदान गरेको जनाएको छ।
संस्थाले विश्वास व्यक्त गरेको छ कि जितु नेपालको पुनः सहभागिताले कन्सल्टेन्सीको सन्देशलाई नेपाली समाजमा अझ गहिरो र सकारात्मक रूपमा पुर्याउन मद्दत पुर्याउनेछ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्