Techie IT
बिहीबार, असार १९,२०८२

असार १८ देखि २२ गतेसम्म गगटे-ढिकुरे शेरा सडक दैनिक ३ घन्टा बन्द हुने


नुवाकोट, लिखु । लिखु गाउँपालिका–१ स्थित गगटे–ढिकुरे शेरा सडकखण्डमा सुधार तथा स्तरोन्नति कार्यका लागि असार १८ गतेदेखि २२ गतेसम्म दैनिक ३ घन्टा सडक बन्द हुने भएको छ।

लिखु गाउँपालिका वडा नं. १ कार्यालय, राममन्दिरले सार्वजनिक सूचना जारी गर्दै मध्यपहाडी लोकमार्ग अन्तर्गतको सो सडकखण्डमा कटान तथा चौडाइ गर्ने कामको कारण यातायात पूर्णरूपमा बन्द हुने जानकारी दिएको हो।

सूचना अनुसार असार १८ गतेदेखि २२ गतेसम्म प्रत्येक दिन बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइनेछ। यात्रु तथा सवारी चालकहरूलाई वैकल्पिक मार्गको प्रयोग गर्न समेत अनुरोध गरिएको छ।

सडक बन्दसम्बन्धी सूचना जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय ढिकुरेसमेतमा जानकारीका लागि पठाइएको वडा अध्यक्ष नरहरि पाण्डेले हस्ताक्षरित सूचनामा उल्लेख छ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #असार १८ देखि २२ गतेसम्म गगटे-ढिकुरे शेरा सडक दैनिक ३ घन्टा बन्द हुने


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
27°
Mostly Cloudy
5:11 am7:04 pm +0545