कुनै आवरणमा राप्रपामा बसेर भविष्यमा कमाउँछु भन्ने उद्देश्य राखेको भए आजै छाडे हुन्छ: राजेन्द्र लिङदेन
काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले पार्टी अब नेपालको नम्बर एक भ्रष्टाचारविरोधी पार्टी हुने बताएका छन् । काठमाडौं आयोजित एक कार्यक्रममा बोल्दै उनले राप्रपामा आएर भ्रष्टाचार गर्छु भनेर कसैले सोचेको छ भने त्यस्ता व्यक्तिलाई नआउन आग्रह गरे ।
उनले भने, ‘कोही भ्रष्टाचारीहरू भ्रष्टाचार गर्ने मनसायका साथ भविष्यमा कमाउने मौका पाइन्छ भनेर लागेको भए अहिले नै फर्के हुन्छ । कोही कुनै आवरणमा बसिरहेको छ भने बाटो लागे हुन्छ । यहाँ त्यस्तो उपाय हुँदैन ।’
अध्यक्ष लिङदेनले राप्रपा सुशासनको पक्षधर पार्टी बनिसकेको दाबी गरे । भ्रष्टाचार गर्ने जोसुकै भए पनि दण्डित हुनुपर्ने उनको भनाइ छ ।
उनले सबैभन्दा धेरै भ्रष्टाचार गर्ने नेताहरूले नै भएको दाबी गर्दै २०४६ पछि सार्वजनिक पदमा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्ने माग अघि सारे ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कुनै आवरणमा राप्रपामा बसेर भविष्यमा कमाउँछु भन्ने उद्देश्य राखेको भए आजै छाडे हुन्छ: राजेन्द्र लिङदेन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्