थुपारेको फोहोर बगाएर घरखेतमा पुगेपछि स्थानीय आक्रोसित

चौमाला (कैलाली), असार १८ गते । डुबान र बाढीले धनगढी उपमहानगरपालिकाले सडक निर्माणका लागि फालेको फोहोर स्थानीयको घर र खेतमा गएपछि स्थानीय हैरान भएका छन् । धनगढी उपमहानगरपालिका ६ को जाली गाउँमा सडक निर्माण गर्ने भन्दै नगरपालिका भरिको फोहर थुपारेर राखेको थियो ।
एकातिर कच्ची सडकसँगै पानी घरमा पसेर समस्या भएको छ भने अर्कोतिर सडक निर्माणको लागि फालेको फोहर घर आँगनमा र धानखेतमा पसेर ठुलो समस्या भएको स्थानीयहरूले बताएका छन् ।
धनगढी उपमहानगरपालिका ६ का वडा अध्यक्ष भागिराम चोधरीले सडक र नालिको छेउमा १५ फिट गहिरो ठाउँ भएकाले त्यसलाई पुरेर बाटो बनाउन फोहोर थुपारेको बताउनुभयो । जम्मा गरेको फोहोर बगाएर स्थानीयको ५ बिगाहा जमिन र घरमा क्षेत्रि पुगेको छ । उहाँले नगरपालिकाकाले सरसफाई गर्नलाई आवश्यक जनशक्ति नभएर ढिलो भएको र भोलीसम्म सबै सफा गरिदिने बताउनुभयो ।
स्थानीय हिरालाल चौधरीका अनुसार नगरपालिकाले तीन वर्ष अगाडि स्थानीयहरूलाई सडक निर्माणको सपना देखाएर नगरपालिका भरिको फोहोर ल्याएर थुपारेको भए पनि अहिलेसम्म सडक निर्माण नभएको बताउनुभयो । उहाँले सडक निर्माण त परको कुरा सही ढङ्गले फोहोर पनि व्यवस्थापन नगर्दा आफूहरुलाई हरेक बर्खायाममा ठुलो समस्या हुने गरेको बताउनुभयो ।
अर्का स्थानीय राजेन्द्र चौधरीले आफ्नो खेतमा पानीसँगै लिएर आएको फोहोरले दुःख दिइरहेको यस बारेमा पटकपटक स्थानीय जनप्रतिनिधिहरूलाई समेत जानकारी गराउँदा कुनै चासो नदिएको आरोप लगाउनुभयो ।
वडा अध्यक्ष लगायतका जनप्रतिनिधिहरूलाई पटकपटक फोन गरेर फोहोर सही तरिकाले व्यवस्थापन गरिदिनुपर्यो भनिरहँदा समेत कुनै सुनवाइ नभएको स्थानीयहरूले गुनासो गरेका छन् । बर्खामासको समय भएकाले फोहोरले गर्दा स्थानीयहरूलाई विभिन्न सङ्क्रमणकालीन रोगहरूले समस्या निम्ताउने सँगै लामखुट्टे पनि बढी सक्रिय हुने भएकाले थप चुनौती भएको स्थानीय तोयानाथ जोशीले बताउनुभयो ।
त्यस्तै, स्थानीय पशुराम चौधरीले एका तिर डुवानको समस्या अर्को तिर धनगढी उपमाहानगरपालिकाकाले थुपारेको फोहोर बाढीले बगाएर खेतबारीसँगै घरमा बसेकोले टोल नै दुर्गन्धित भएको बताउनुभयो । अहिलेसम्म नगरपालिकाका यो विषयमा जानकारी गराउदा पनि चासो समेत नभएको उहाँको भनाइ छ ।
क्याटेगोरी : समाचार
ट्याग : #थुपारेको फोहोर बगाएर घरखेतमा पुगेपछि स्थानीय आक्रोसित
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
तपाईको कमेन्ट लेख्नुहोस्