Techie IT
बुधबार, असार १८,२०८२

तारकेश्वरकै सर्वोत्कृष्ट रिजल्ट शुभकामना स्कुलबाट ७ जनाले ल्याए ४ जीपीए, समग्रमा ३.९२ औसत जीपीए प्राप्त गर्न सफल


काठमाडौं । तारकेश्वर ९ को शुभकामना चोकमा अवस्थित शुभकामना इङलीस बोडिङ स्कुलले २०८१ सालको एसईई परिक्षामा तारकेश्वर टप गर्न सफल भएको छ । २५ जना विद्यार्थीले एसईई परिक्षामा सहभागी भएकोमा ७ जनाको ४ जीपीए आएको विद्यालयका प्राचार्य कुमार ढकालले फरकपत्र डटकमसँग बताएका छन् । जसमा ५ जना छात्रा र २ जना छात्र रहेका छन् । छात्राहरूमा स्वेता गुरुङ, सोफिया सैयाद, अञ्जली थापा, आयुषा राई र सदिक्षा भट्टराई रहेका छन् । छात्रहरुमा भने बिनायक शर्मा र समिश्रन तामाङ रहेका छन् ।

 

त्यस्तै ३.९६ जीपीए ल्याउने विद्यार्थीको संख्या १ रहेको छ भने ३.९५ जीपीए ल्याउने विद्यार्थीको संख्या ८ जना रहेको छ । ३.७७ देखि ३.९१ ल्याउने विद्यार्थीको संख्या ९ रहेको छ । समग्रमा शुभकामना स्कुलले ३.९२ औसत जीपीए प्राप्त गर्न सफल भएको छ ।

तारकेश्वरमा शुभकामना स्कुलले गत वर्ष पनि उत्कृष्ट रिजल्ट दिन सफल भएको थियो । यस वर्षको रिजल्ट उत्कृष्ट मात्र नभएर सर्वोत्कृष्ट रिजल्ट दिन सफल भएको छ । आपूmलाई अव्वल सावित गरेका विद्यालयलाई चुनौति दिँदै न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको शुभकामना स्कुलले सर्वोत्कृष्ट रिजल्ट प्रदान गरेको छ ।

 


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #तारकेश्वरकै सर्वोत्कृष्ट रिजल्ट शुभकामना स्कुलबाट ७ जनाले ल्याए ४ जीपीए, #समग्रमा ३.९२ औसत जीपीए प्राप्त गर्न सफल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Mostly Cloudy
5:10 am7:04 pm +0545