नेपाल फुल कन्ट्याक्ट कराँते महासंघको तदर्थ समिति गठन : संयोजकमा सूर्य ब. बुढाथोकी
काठमाडौं । नेपाल फुल कन्ट्याक्ट कराँते महासंघको विधिसम्मत पुनः संरचना तथा नियमित निर्वाचन प्रक्रियालाई अघि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले २१ सदस्यीय तदर्थ समिति गठन गरेको छ। राखेपमा दर्ता रहेका २१ संघहरूमध्ये प्रत्येकबाट एक-एक प्रतिनिधि सहभागी गराई बनाइएको उक्त समितिको संयोजकमा फुल कन्ट्याक्ट कराँते क्षेत्रका अनुभवी, समन्वयशील र प्रभावशाली व्यक्तित्व सूर्य बहादुर बुढाथोकीलाई नियुक्त गरिएको छ।
राखेपका कार्यकारी सदस्य भान बहादुर चन्दको नेतृत्वमा गठित कार्यदलले विभिन्न चरणमा सामुहिक बैठक बसी पेश गरेको सिफारिसका आधारमा राखेपका सदस्य सचिव टंकलाल घिसिङमार्फत युवा तथा खेलकुद मन्त्री तथा राखेप अध्यक्ष माननीय तेजुलाल चौधरीले समितिको गठन गरेका हुन्।
नवगठित समितिको प्रमुख जिम्मेवारी महासंघको आन्तरिक संरचना व्यवस्थापन, प्राविधिक र संस्थागत सुदृढीकरण तथा तोकिएको समयसीमाभित्र नियमित निर्वाचन सम्पन्न गर्नु हो।
राखेपका सदस्य सचिव टंकलाल घिसिङले संयोजक बुढाथोकीलाई बधाई दिँदै महासंघको भविष्य विधिसम्मत, पारदर्शी र उत्तरदायी बनोस् भन्ने शुभकामना व्यक्त गरे। “सक्षम नेतृत्वमा समितिले प्रभावकारी रूपमा कार्य सम्पादन गर्नेछ,” उहाँले भने।
यसैबीच, फुल कन्ट्याक्ट कराँतेका पूर्व प्रमुख प्रशिक्षक तथा अग्रज व्यक्तित्व सिहान प्रेम नाथ श्रेष्ठले तदर्थ समितिको स्वागत गर्दै संयोजकको छनोटप्रति खुशी व्यक्त गरे। “अनुशासित र व्यवहारिक नेतृत्वमा महासंघले नयाँ ऊर्जा पाउनेछ,” श्रेष्ठले प्रतिक्रिया दिए।
फुल कन्ट्याक्ट कराँतेका सक्रिय प्रशिक्षक सिहान प्रेम बहादुर तामाङले पनि समितिको गठन उचित समयमा भएको उल्लेख गर्दै सबै पक्षलाई समेट्ने नयाँ युगको सुरुवात हुने विश्वास व्यक्त गरे। “महासंघले निष्पक्ष र समावेशी बाटो रोज्दै अगाडि बढोस्, हाम्रो पूर्ण समर्थन रहनेछ,” उनले भने।
नेपालभरका प्रशिक्षक, खेलाडी, संघ-संस्था तथा कराँतेसम्बद्ध विज्ञहरूले संयोजक बुढाथोकीलाई बधाई एवं सफल कार्यकालको शुभकामना दिँदै समितिको कार्य निष्पक्ष, सहमतिमूलक र दीर्घकालीन प्रभाव पार्ने खालको होस् भन्ने अपेक्षा गरेका छन्।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्