पिक प्वाईन्ट एकेडेमीबाट एसईईमा ६ विद्यार्थीले ल्याए ४.० जिपिए, नगरमा मात्र नभई देशमै उदाहरणीय नतिजा भएको विद्यालयको दाबी
काठमाडौँ, बुढानीलकण्ठ | बुढानीलकण्ठ नगरपालिका–१३, चुनिखेलमा अवस्थित पिक प्वाईन्ट एकेडेमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ऐतिहासिक सफलता हासिल गरेको छ। विद्यालयका ६ जना विद्यार्थीले सर्वोत्कृष्ट जिपिए ४.० ल्याउँदै पिक प्वाईन्टको गौरवलाई नयाँ उचाइमा पुर्याएका छन्।
निर्जला दाहाल, मोहम्मद कलिम्सा, बरदान ढकाल, दिया घिमिरे, सन्दिप राजभण्डारी र विष्णु कुमारी खुलाल मगरले ४.० जिपिए ल्याउँदै विद्यालयको शैक्षिक क्षमता प्रमाणित गरेका हुन्।
वि.सं. २०६० सालमा स्थापना भएको यो विद्यालयले २०७० सालदेखि एसएलसी (हाल एसईई) परीक्षा दिन थालेको हो। सुरु देखिनै ‘अनुत्तीर्ण शून्य’ को गौरव बोकेको यस विद्यालयमा हालसम्म एकजना पनि विद्यार्थी अनुत्तीर्ण भएको छैन, जुन आफैँमा एक प्रेरणादायी उपलब्धि हो।
यसपटक ६५ जना परीक्षार्थी सहभागी रहेका मध्ये ५३ जनाले ३.६ देखि ४.० जिपिएसम्म प्राप्त गरेका छन् भने बाँकी १२ जनाले ३.२ देखि ३.६ जिपिए ल्याएका छन्। प्रधानाध्यापक बिनय श्रेष्ठका अनुसार, ३.३६ भन्दा कम जिपिए ल्याउने विद्यार्थी कोही पनि छैनन्। “४ जना विद्यार्थीले ३.९६ जिपिए प्राप्त गरेका छन्,” उहाँले जानकारी दिनुभयो।”पिक प्वाईन्टको यो उपलब्धिले बुढानीलकण्ठ नगरको मात्र होइन, समग्र नेपाली शिक्षा क्षेत्रको गर्व बढाएको छ” उहाँले भन्नुभयो ।
विद्यालयका सह-प्रधानाध्यापक महेश केसीले यो नतिजा बुढानीलकण्ठ नगरपालिका-१३ चुनिखेल क्षेत्र मात्र नभई सम्पूर्ण नगर र देशमै प्रेरणादायी रहेको बताउनुभयो । “यो नतिजाले हाम्रो शैक्षिक प्रतिबद्धता र गुणस्तरको प्रमाण दिएको छ,” उहाँको भनाइ छ ।
पिक प्वाईन्ट एकेडेमी पिक प्वाईन्ट एजुकेशन नेटवर्क अन्तर्गत सञ्चालित तीन संस्थामध्ये प्रमुख एक हो। हाल यस नेटवर्क अन्तर्गत पिक प्वाईन्ट एकेडेमी, पिक प्वाईन्ट पब्लिक स्कुल र हार्मोनी प्रोग्रेसिभ स्कुक गरी तीनवटा शाखा छन्, जसले काठमाडौँ उपत्यकामा नै फराकिलो शैक्षिक प्रभाव जमाउँदै गएको छ।
शैक्षिक संयोजक चिरञ्जीवी नेपालका अनुसार, विद्यालयले प्रविधिमैत्री, संस्कारयुक्त र जीवनोपयोगी शिक्षालाई प्राथमिकता दिएको छ। “हामी केवल परीक्षाकेन्द्रित होइन, मूल्य, व्यवहार र नेतृत्वक्षमता विकास गर्ने शिक्षामा विश्वास गर्छौँ,” उहाँले स्पष्ट पार्नुभयो।
विद्यालयका संस्थापक सदस्य ठमिन्द्र खतिवडाले विद्यार्थी, अभिभावक र शिक्षकलगायत सबैको मिहिनेतले यो सफलता हात परेको भन्दै खुसी व्यक्त गर्नुभयो ।

क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्