Techie IT
आईतबार, असार १५,२०८२

तारकेश्वरका सामुदायिक विद्यालयतर्फ ३ विद्यालय १०० प्रतिशत उत्तीर्ण, कालिदेविबाट २ जनाले ४ जीपीए ल्याउन सफल


काठमाडौं । तारकेश्वर नगरपालिका भित्र भएका १५ माध्यमिक तहका सामुदायिक विद्यालय मध्ये १४ जनाको नतिजा सार्वजनिक भएको छ । जसमा ९२ जना विद्यार्थी परिक्षामा सहभागी गराई प्रणिता ओझा र दीपेन्द्र आचार्यले ४ जीपीएसहित कालिदेवी मा.वि. सर्वोत्कृष्ट बन्न सफल भएको छ । काठमाडौं क्षेत्र नं. ६ को एक मात्र नमुना माध्यमिक विद्यालयमा पर्न सफल कालिदेविमा कक्षा १२ सम्म अध्यापन हुँदै आएको छ । त्यस्तै प्राविधिक धारतर्फ बालिविज्ञानको पनि अध्यापन हुँदै आएको छ ।

तारकेश्वरमा ३ विद्यालयले भने १०० प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएका छन् । जसमा काभ्रेस्थली मा.वि., जितपुर मा.वि. र फुटुङ मा.वि. रहेका छन् ।

कुञ्चिप्वाकल मा.वि.मा १५ जना विद्यार्थी परिक्षामा सहभागी भई १४ जना उत्तीण भएका छन् । त्यस्तै उच्चतम जिपिए ३.७० रहेको छ । त्यस्तै साङला बालकुमारी मा.वि.मा २७ जना विद्यार्थीले परिक्षामा सहभागी भई २३ जना उत्तीर्ण भएका छन् । उच्चतम जिपिए भने ३.७० रहेको छ । कालिदेविमा ९२ जना सहभागी भई १०० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

काभ्रेस्थली मा.वि.मा १७ जना सहभागी भई १०० प्रतिशत उत्तीर्ण भएका छन् । उच्चतम विपिए भने ३.६२ रहेको छ ।

जितपुर मा.वि.बाट २८ जना विद्यार्थी सहभागी भई १०० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । जीतपुरले उच्चतम जीपीए ३.७६ प्राप्त गर्न सफल भएको छ । ३.६१ देखि ३.७६ जीपीए ल्याउने विद्यार्थीको संख्या ७ जना रहेको र बाँकी धेरैजसो विद्यार्थीले ३.२ देखि ३.६० जीपीए ल्याउन सफल भएको विद्यालयका प्रधानाध्यापक हरिकृष्ण अर्यालले बताउनुभयो ।

नागार्जुन ठूलागाउँ मा.वि.ले १६ जना सहभागी गराई ११ जना उत्तीर्ण गराउन सफल भएको छ । उच्चतम जिपिए भने १ जना विद्यार्थीको ३.७१ आउन सफल भएको छ ।

२०८१ सालको आज प्रकाशित एसईईको नतिजामा तारकेश्वर ३ मा रहेको कालिकाशरण मा.वि.ले ३१ जना विद्यार्थी सहभागी गराई ३० जनालाई उत्तीर्ण गराउन सफल भएको छ । जसमा १ जना विद्यार्थीले ३.६२ उच्चतम जिपिएसहित धेरैजसोले ३.२ देखि ३.६० जीपीए प्राप्त गरेको विद्यालयका प्रधानाध्यापक अनामिका आचार्यले बताउनुभयो । आचार्यका अनुसार १ जना उत्कृष्ट विद्यार्थीको विषय नै फरक देखाएर एनजी लागेको देखाएको छ त्यसमा त्रुटी भएको देखिन्छ । हामी त्यो सच्याउन लगाउनेछौं ।

पुरानो गुह्येश्वरी मा.वि.ले २४ जना विद्यार्थी सहभागी गराएर २१ जना उत्तीर्ण गराउन सफल भएको छ । जसमा उच्च्तम जिपिए ३.५८ प्राप्त गरेको छ ।

पृथ्वीनारायण मा.वि.ले भने तारकेश्वरमा सबैभन्दा धेरै ९७ जना विद्यार्थी सहभागी गराई उच्च्तम जिपिए ३.९६ प्राप्त गरेको छ ।

नागार्जुन मा.वि.ले २१ जना विद्यार्थीबाट १७ जना उत्तीर्ण गराउन सफल भएको छ । जसमा ८० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

ग्रामसेवा मा.वि.ले ५० मा ३७ जना विद्यार्थी उत्तीर्ण गराउन सफल भएका छन् । जसमा उच्चतम जिपिए ३.८६ रहेको छ ।

फुटुङ मा.वि.ले ३२ जना सहभागी गराई १०० प्रतिशत उत्तीर्ण गराउन सफल भएको छ । उच्चतम जिपिए ३.९२ रहेको छ ।

मनमैजु मा.वि.ले ५६ जना विद्यार्थी परिक्षामा सहभागी गराई ५५ जना उत्तीर्ण गराउन सफल भएको छ । जसमा उच्चतम जिपिए ३.९२ रहेको छ ।

नेपाल राष्ट्रिय मा.वि.ले भने ५६ जना विद्यार्थी परिक्षामा सहभागी गराई ४३ जना उत्तीर्ण गराउन सफल भएको छ । उच्चतम जिपिए ३.६८ रहेको छ ।

मानसिङ धर्म मा.वि.को भने रिजल्ट सार्वजनिक भएको छैन । हामीलाई विशेष स्रोतले दिएको डाटाअनुसार रिजल्ट सार्वजनिक गरेका छौं ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #कालिदेविबाट २ जनाले ४ जीपीए ल्याउन सफल, #तारकेश्वरका सामुदायिक विद्यालयतर्फ ३ विद्यालय १०० प्रतिशत उत्तीर्ण


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Rain
5:09 am7:04 pm +0545