जननेता मदन भण्डारीको ७४औं जन्मजयन्ती आज, देशभर विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं, १४ असार । तत्कालीन नेकपा (एमाले)का महासचिव मदन भण्डारीको आज ७४औं जन्मजयन्ती देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेसनले विविध कार्यक्रम आयोजना गर्दै आएको छ ।
फाउण्डेसनले जननेता भण्डारीको जन्मजयन्तीको अवसरमा आज राष्ट्रिय सभागृहमा ‘जबजका ३ दशक’ विषयक राष्ट्रिय विचार गोष्ठी तथा मदन भण्डारी राष्ट्रिय पुरस्कार वितरणको आयोजना गरेको छ । फाउण्डेसनका संरक्षक एवं प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको विशिष्ट आतिथ्यतामा हुने कार्यक्रम दिउँसो १ः३० बजेबाट सुरु हुनेछ ।
‘जनताको बहुदलीय जनवाद’ (जबज)को सिद्धान्त प्रतिपादन गरेका जननेता भण्डारीको जन्म २००९ साल असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा भएको थियो ।
जबजले शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धा र आन्दोलनबाट जनताको क्रान्तिलाई प्राथमिकता दिएको छ ।
पार्टीको पाँचौं राष्ट्रिय महाधिवेशनमा भण्डारीबाट प्रस्तुत र पारित जनताको बहुदलीय जनवाद (जबज) अहिले पनि एमालेको मार्गदर्शक सिद्धान्तका रूपमा रहेको छ । जबज सिद्धान्तका प्रवर्तक भण्डारी नेपालको राजनीतिक वृत्तमा मार्क्सवादको नवीन प्रयोगकर्ता तथा विचारक रहेका थिए ।
तत्कालीन एमालेका महासचिव भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० जेठ ३ गते दासढुंगामा भएको जिप दुर्घटनामा निधन भएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #जननेता मदन भण्डारीको ७४औं जन्मजयन्ती आज, #देशभर विविध कार्यक्रम गरी मनाइँदै
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्