जननेता मदन भण्डारीको ७४औं जन्मजयन्ती आज, देशभर विविध कार्यक्रम गरी मनाइँदै
काठमाडौं, १४ असार । तत्कालीन नेकपा (एमाले)का महासचिव मदन भण्डारीको आज ७४औं जन्मजयन्ती देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेसनले विविध कार्यक्रम आयोजना गर्दै आएको छ ।
फाउण्डेसनले जननेता भण्डारीको जन्मजयन्तीको अवसरमा आज राष्ट्रिय सभागृहमा ‘जबजका ३ दशक’ विषयक राष्ट्रिय विचार गोष्ठी तथा मदन भण्डारी राष्ट्रिय पुरस्कार वितरणको आयोजना गरेको छ । फाउण्डेसनका संरक्षक एवं प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको विशिष्ट आतिथ्यतामा हुने कार्यक्रम दिउँसो १ः३० बजेबाट सुरु हुनेछ ।
‘जनताको बहुदलीय जनवाद’ (जबज)को सिद्धान्त प्रतिपादन गरेका जननेता भण्डारीको जन्म २००९ साल असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा भएको थियो ।
जबजले शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धा र आन्दोलनबाट जनताको क्रान्तिलाई प्राथमिकता दिएको छ ।
पार्टीको पाँचौं राष्ट्रिय महाधिवेशनमा भण्डारीबाट प्रस्तुत र पारित जनताको बहुदलीय जनवाद (जबज) अहिले पनि एमालेको मार्गदर्शक सिद्धान्तका रूपमा रहेको छ । जबज सिद्धान्तका प्रवर्तक भण्डारी नेपालको राजनीतिक वृत्तमा मार्क्सवादको नवीन प्रयोगकर्ता तथा विचारक रहेका थिए ।
तत्कालीन एमालेका महासचिव भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० जेठ ३ गते दासढुंगामा भएको जिप दुर्घटनामा निधन भएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #जननेता मदन भण्डारीको ७४औं जन्मजयन्ती आज, #देशभर विविध कार्यक्रम गरी मनाइँदै
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्