Techie IT
मंगलबार, असार १७,२०८२

सिरहामा युवकको हत्या, प्रहरीले थाल्यो अनुसन्धान


जनकपुरधाम । सिरहाको अर्नमा गाउँपालिका १ स्थित घर अगाडि एक युवकको हत्या भएको अवस्थामा शव फेला परेको छ ।

स्थानीय रामसेवक महराका छोरा अन्दाजी ३० वर्षीय अजय महराको शव शनिवार घर अगाडि फेला परेको हो । कुटपिट पश्चात घिसारेर उनको हत्या गरेको देखिएको छ । मृतकको घाँटीमा पनि लुगा बेरिएको छ ।

घटनास्थलमा स्थानीयको भीड लागेको छ । जिल्ला प्रहरी कार्यालयबाट प्रहरीले टोली पुगेर घटनाबारे अनुसन्धान थालेका छन् ।

सिरहाका प्रहरी प्रवक्ता डिएसपी बिरेन्द्र पासवानले महराको शव फेला परेको र मृत्यू कसरी भएको विषयमा अनुसन्धान भइरहेको जानकारी दिए ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #प्रहरीले थाल्यो अनुसन्धान, #सिरहामा युवकको हत्या


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
27°
Partly Cloudy
5:10 am7:04 pm +0545