Techie IT
शुक्रबार, असार १२,२०८३

एसईई नतिजामा उल्लेख्य सुधार भएपछि प्रधानमन्त्रीले भने– हामीले गरेको मेहनत काम लागेको छ


काठमाडौं, १३ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षामा ग्रेड प्राप्त गरेका विद्यार्थीहरुलाई बधाई दिएका छन् ।

शुक्रबार राति सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओलीले गत वर्षको तुलनामा यस वर्षको नतिजामा सुधार देखिएको बताएका हुन् ।

‘यसवर्ष करिब ६१.८१ प्रतिशत परीक्षार्थीले ग्रेड प्राप्त गर्नु भएको छ । गतवर्ष ४७.८६५ प्रतिशत परीक्षार्थीले मात्र ग्रेड प्राप्त गर्नु भएको थियो भने ५२.१४ प्रतिशत परीक्षार्थी नन ग्रेड रहनु परेको थियो । बितेको वर्षमा नतिजा सुधार गर्न हामीले गरेको मेहनत काम लागेको छ ।’ प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले ग्रेड नपाउने विद्यार्थीहरुले पनि यसलाई नै अन्तिम परीक्षा नठान्न भन्दै सफलताको अर्को दिन पनि आउने उल्लेख गरेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #एसईई नतिजामा उल्लेख्य सुधार भएपछि प्रधानमन्त्रीले भने– हामीले गरेको मेहनत काम लागेको छ


तपाईको कमेन्ट लेख्नुहोस्