Techie IT
मंगलबार, असार १७,२०८२

मोटरसाइकलमा लखट्दै साथीमाथि खुँडा प्रहार


विराटनगर । धरान-१० मा मोटरसाइकलमा आएका युवाहरूले खुँडा प्रहार गरी एकजनालाई घाइते बनाएका छन् ।

हिजोको उक्त घटनामा घाइते धरान-२० का समिर राईको बीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । उनको ढाडमा चोट लागेको छ । आपसी विवादमा उनकै साथीहरूले खेदाइ-खेदाई राईमाथि खुँडा हानेको सीसीटीभी फुटेज सामाजिक सञ्जालमा बाहिरिएको छ ।

एउटा मोटरसाइकल आएका तीनजना युवाहरुले एकजनालाई खेदाएको भिडिओमा देखिन्छ । तीनजनामध्ये एकजनाले खुँडा बोकेका थिए । मोटरसाइकलमा आएकाहरूले खेदाउँदा भागेका युवकलाई बाटोमा हिँडिरहेकाले नभाग्न भन्छन् । तीमध्ये एकजनाले हेल्मेटले हानेको दृष्य पनि भिडिओमा देखिन्छ ।

धरान १० का वडाअध्यक्ष विवेक राईले आपसी विवादमा खेदाएर कुटपिट गरेको भिडिओ सीसीटीभीमा रेकर्ड भएको बताए । उनले आफूले नै भिडिओ प्रहरीलाई उपलब्ध गराएको बताएका छन् ।

खुँडा हान्नेहरू अहिलेसम्म पक्राउ परेका छैनन् । विवादको विषय खुलिनसकेको र संलग्नको खोजी भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #मोटरसाइकलमा लखट्दै साथीमाथि खुँडा प्रहार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
28°
Mostly Cloudy
5:10 am7:04 pm +0545