मोटरसाइकलमा लखट्दै साथीमाथि खुँडा प्रहार
विराटनगर । धरान-१० मा मोटरसाइकलमा आएका युवाहरूले खुँडा प्रहार गरी एकजनालाई घाइते बनाएका छन् ।
हिजोको उक्त घटनामा घाइते धरान-२० का समिर राईको बीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । उनको ढाडमा चोट लागेको छ । आपसी विवादमा उनकै साथीहरूले खेदाइ-खेदाई राईमाथि खुँडा हानेको सीसीटीभी फुटेज सामाजिक सञ्जालमा बाहिरिएको छ ।
एउटा मोटरसाइकल आएका तीनजना युवाहरुले एकजनालाई खेदाएको भिडिओमा देखिन्छ । तीनजनामध्ये एकजनाले खुँडा बोकेका थिए । मोटरसाइकलमा आएकाहरूले खेदाउँदा भागेका युवकलाई बाटोमा हिँडिरहेकाले नभाग्न भन्छन् । तीमध्ये एकजनाले हेल्मेटले हानेको दृष्य पनि भिडिओमा देखिन्छ ।
धरान १० का वडाअध्यक्ष विवेक राईले आपसी विवादमा खेदाएर कुटपिट गरेको भिडिओ सीसीटीभीमा रेकर्ड भएको बताए । उनले आफूले नै भिडिओ प्रहरीलाई उपलब्ध गराएको बताएका छन् ।
खुँडा हान्नेहरू अहिलेसम्म पक्राउ परेका छैनन् । विवादको विषय खुलिनसकेको र संलग्नको खोजी भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #मोटरसाइकलमा लखट्दै साथीमाथि खुँडा प्रहार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्