टोखा नगरपालिका ग्रान्डी अस्पताल पछाडि विष्णुमती खोलाले कार सहित बगाएकि महिलाको उद्दार
काठमाडौं । काठमाडौंमा प्रहरीले गएराति बाढीले बगाएको अवस्थामा एउटा कारभित्र रहेकी महिलाको उद्धार गरेको छ ।
काठमाडौं प्रहरीले दिएको जानकारीअनुसार गएराति सवा १० बजेतिर काठमाडौंको टोखा नगरपालिका ग्रान्डी अस्पताल पछाडि विष्णुमती खोला किनाराबाट बाप्र ०१–०३१ च ६१४१ नम्बरको प्राइभेट कार एक्कासि खोलामा खसेको थियो ।
कार काठमाडौं धुम्बाराही बस्ने अंकुश सिंहले चलाएको प्रहरीले जनाएको छ । गाडी खोलामा खस्नासाथ उनी किनारामा हाम फालेका थिए । तर गाडीभित्रै रहेकी भावना ओली भने बाहिरिन नसकेपछि कारसँगै बगेकी थिइन् ।
गाडीभित्रै बगेकी उनलाई बानियाँटार पुलमा आइपुगेको अवस्थामा निकालिएको थियो ।
उनलाई प्रहरी र स्थानीयको सहयोगमा गाडीभित्रबाट निकालिएको प्रहरीले जानकारी दिएको छ । घाइते अवस्थामा रहेकी उनी र उनको उद्धारमा घाइते भएकाहरुलाई उपचारका लागि ग्रीनसिटी अस्पताल लगिएको छ ।
क्रेनको सहायताले कार पनि बाहिर निकालिएको प्रहरीले जानकारी गराएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #टोखा नगरपालिका ग्रान्डी अस्पताल पछाडि विष्णुमती खोलाले कार सहित बगाएकि महिलाको उद्दार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्