Techie IT
आईतबार, वैशाख १३,२०८३

तारकेश्वर नगरपालिकाद्वारा २ अर्ब ८० करोड भन्दा बढीको बजेट सार्वजनिक


काठमाडौंं। तारकेश्वर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२ /०८३ का लागी २ अर्ब ८० करोड भन्दा बढीको बजेट सार्वजनिक गरेको छ ।

नगर प्रमुख कृष्णहरी महर्जनको सभाध्यक्षतामा सम्पन्न १७ औँ नगरसभा अधिवेशनले आर्थिक वर्ष २०८/८३ का लागी बुधबार नीति,कार्यक्रम र बजेट सार्वजनिक गरेको थियो।

उक्त नगरसभा अधिवेशनमा नगर उपप्रमुख सिर्जना बुर्लाकोटी (अर्याल) ले सो आ.व.का लागी संघ, प्रदेश तथा नगरपालिकाको आन्तरिक स्रोतसमेत गरी कुल २ अर्ब ८० करोड ८३ लाख ७० हजार रुपैयाँ बराबरको संचित कोषको अनुमान गरिएको बताउनुभयो।

उहाँले प्रस्तुत बजेटमध्ये पुँजीगत खर्चतर्फ १ अर्ब ८२ करोड ५४ लाख ४० हजार पाँचसय रुपैयाँ  (६५ प्रतिशत) र ९८ करोड २९ लाख २९ हजार पाँचसय रुपैयाँ (३५ प्रतिशत) चालु खर्चतर्फ छुट्याइएको पनि जानकारी दिनुभयो।

स्वास्थ्य,शिक्षा, खानेपानी, र पूर्वाधार विकासमा विशेष जोड दिई स्थानीय आवश्यकता र समृद्धिको मार्गचित्र अनुरूप बजेट विनियोजन गरिएको उहाँको भनाई थियो ।

सभामा मेयर महर्जनले “पहिचान,अपनत्व र अधिकार : दिगो विकासको आधार” भन्ने मूल नारालाई आत्मसात गर्दै नगरपालिकाले सञ्चालनको तेस्रो वर्षमा उल्लेखनीय प्रगति हासिल गरेको बताउनुभयो।

“नगरपालिकाले लिएका नीतिगत तथा सुधारात्मक कदमहरुमा सकारात्मक परिणाम देखिन थालेका छन्। आर्थिक र सामाजिक रूपान्तरणमा तीव्रता आएको छ भने विकास निर्माणमा पनि गति लिएको छ,” उहाँले भन्नुभयो।

कार्यपालिका सदस्यहरूले तारकेश्वरमा ऐतिहासिक सम्पदा संरक्षण,गुणस्तरीय शिक्षा,प्रभावकारी स्वास्थ्य सेवा,खानेपानी,लक्षित वर्गका कार्यक्रम तथा पर्यटकीय क्षेत्रको समुचित विकासमा जोड दिनुपर्ने सुझाब प्रस्ताव गर्नुभएको थियो।

सभामा प्रमुख प्रशासकीय अधिकृत ईश्वर प्रसाद आचार्य,नगर कार्यपालिकाका सदस्यहरु, सबै वडाका वडाअध्यक्ष तथा सदस्यहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधि,कर्मचारी तथा स्थानीय नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #तारकेश्वर नगरपालिकाद्वारा डेङ्गु नियन्त्रणलाई चार अभियान सञ्चालन


तपाईको कमेन्ट लेख्नुहोस्